काम धमाधम

मिरिक, 14 मार्च


मिरिक दार्जीलिङ मुख्य सडक किनारमा राज्यकाे पीडब्लुडी विभागबाट हाल नाला निर्माणकाे कार्य धमाधम भइरहेकाे छ। आगमी पानीकाे माैसमलाई ध्यानमा राखेर यातयातमा कुनै प्रकारकाे असुबिधा नहाेस् भन्ने उदेश्य राखेर हाल नाला निर्माणकाे कार्य गरिरहेकाे बताइएको छ। सडक किनारकाे नाला खनन गरेर केवल तार लगाउने कार्य गरेकोले नालाहरू अव्यवस्थित थियो। यसैको कारण बर्खाकाे भेल सडकमा बगेर यातयातमा समस्या सृजना गर्ने भएकोले नै  नालाहरू व्यवस्थित गर्ने कार्य गरिरहेकाे ठेकेदार बिजय तामाङले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares