सबुतश्री योजनाको बिरूवा वितरण

सजन शर्मा /सुके पोख्रेबुङ 19 मार्च ।


जोरबङलो-सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्तायत तीनमा राज्य सरकारद्वारा शून्यदेखि पाँच वर्षसम्मका शिशुहरूको निम्ति प्रायोजन गरिएको सबुतश्री योजनाको बिरूवा वितरण गरियो । पञ्चायत इए एमके प्रधानले कार्यक्रमको पहिलो चरणमा शिशुहरूका उपस्थित अविभावकलाई योजनबारे जानकारी गराए।

यस क्रममा तिनले पाँच वर्षसम्मका शिशुहरूलाई जुन प्रकारले स्याहर सुसार वा पालन पोषण गरिन्छ त्यसरी नै शिशुको भविष्यसित समबन्धित बिरूवाको पनि देखभाल गर्नपर्ने बताए । जब शिशु 20 वर्ष अधिक उमेरका हुन्छन् ,त्यस बेला यस रूखलाई काटन सकिने अनुमति प्रदान गरिएको छ, भने ।

सो रूख बेचबिखन गरेर प्राप्त भएको धनराशf नानीहरूको उच्च शिक्षा वा नानीहरूकै हितमा आधारित कुनै काममा लगाउन पर्ने निर्देश जारी गरिएको उनले जनाए । वन बिभाग वा सम्बन्धित निकायले जतासुकै रूख काटन प्रतिबन्ध लगाएको विषयलाई केन्द्र गरेर उक्त प्रति शिशु एउटाको दरले वितरण गरिएको काफलको बिरूवा बढ़ेर 20 वर्षको रूख भएपछि यसलाई काटदा कानुनी अड़चन नहोस् भन्ने ध्येयले शिशुहरूको नाम,जन्ममिति,मातापिताको नाम उल्लेखित अनि सम्बन्खित वन बिभागीय अधिकारीद्वारा हस्ताक्षरित प्रमाण पत्र समेत प्रदान गरियो । पञ्चायत कर्मी समिता राई,मविन तामाङ,राजेश प्रधान आदिको उपस्थितिमा विशेष आमाहरूलाई बिरूवा र प्रमाणपत्र प्रदान गरियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares