साई समितिको सभा

सजन शर्मा /सुके पोख्रेबुङ 19 मार्च ।


श्री सत्य श्री सेवा सङ्गठन नागरी समितिको एउटा सभा श्री सत्य साई सेवा केन्द्रमा भयो । सभामा समितिका पुरूष शिक्षा संयोजक पदमबहादुर थापाको निधनले रिक्त बनेको पदमा पूर्ण बहादुर थापालाई मनोनित गरियो । आगामी 25 मार्चमा हुने बाल विकाश कन्भर्सेशनमा भाग लिनेबारे जिल्ला समितिबाट निर्देश आएको जानकारी गराइएको सभामा वर्ष 2018को बाल विकाश प्रतिभा चयन कार्यक्रम गर्नुपर्ने विषयमा पनि छलफल भएको महिला शिक्षा संयोजिका सङ्गीता प्रधानले जानकारी दिएकी छिन् ।

सभामा दायित्ववाहक, प्रभारी, संयोजक संयोजिका अनि श्रद्धालुहरूको उपस्थिति रहेको थियो । स्वामी श्री सत्य साई बाबाको प्रतिकृतिमा दीप प्रज्ज्वलन अनि माल्यर्पणबाट शुरू भएको सभा आरती अनि बिभुती वितरणसँगै समापन गरियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares