ओपन ब्याटमिन्टन प्रतियाेगिता

मनोहर शर्मा, मिरिक, 21 मार्च


मिरिक ब्याटमिन्टन क्लबद्वारा शुक्रबारदेखि  मिरिक रङ्गशालामा मिरिक ओपन ब्याटमिन्टन प्रतियाेगिता आरम्भ गरेको थियो । आज सम्पन्न  फाइनल खेलमा नेहाल एण्ड पार्टनर दार्जीलिङले खिताब जितेको छ। प्रतियोगितामा दार्जीलिङ, खरसाङ, गान्तोक लगायतका खेलाडीहरूले भाग लिएका थिए । मोठ ३४ वटा टिमले भाग लिएको खेलमा आज फाइनल खेलमा एलबीसन एण्ड पार्टनर बनाम नेहाल एण्ड पार्टनर माझमा भिडन्त भएको थियो ।

जसमा नेहाल एण्ड पार्टनर बिजय बनेका छन् । समारोहमा आजको फाइनल खेलमा प्रमुख अथितिको रूपमा जीटीए बीएओका सम्पर्क अधिकारी अरुण सिग्ची थिए भने अन्य अथितिहरूमा मिरिक बीडीओ अमिताभ भट्टाचार्य लगायत मिरिक नगरपालिका वार्ड पार्षद दूय   पुनम विश्व र बनिता राई , मिरिक खण्ड प्राथमिक स्वास्थ्य अधिकारी डा. टासी लामाको पनि उपस्थिति रहेको थियो ।

तीन दिवसीय उक्त प्रतियोगितामा गान्ताेक,जाेरथाङ,खरसाङ,काेलेबुङ,दार्जीलिङ ,सिलगढी,टर्जम ,मिरिक आदि स्थानका खेलाड़ीहरुले भाग लिएका थिए  । प्रतियोगितामा  विजेता दल लाई नगद राशि १२०००लगायत आकर्षक ट्रफी अनि  उपविजेता दललाई नगद राशि ७०००० रूपियाँ लगायत आकर्षक ट्रफी   प्रदान गरियो।

यस ब्याडमिन्टन खेलमा सुचारु गर्न सहयोग पुर्‍याउने मिरिक नगरपालिका अध्यक्ष एलवी राई, जीटीए सम्पर्क अधिकारी अरुण सिग्ची मिरिक थाना प्रभारी सुजित लामा अनि प्रतियोगितामा पुरस्कार प्रदान कर्ता  बरदान पिर्टन्सका प्रोपाइटर बाइबल राईले पनि यस प्रतियोगितामा बिजेता दललाई आकर्षक ट्रफि आफ्नो छोराको स्मृतिमा प्रदान गरेका छन् ।

प्रतियोगितामा स्कुलका विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गर्न   समावेश गरिएको थियो । जसमा आज फाइनल खेल ग्रीन लन अङ्ग्रेजी स्कूल बनाम डनबस्को स्कूल माझमा भिडन्त भएको थियो । जसमा ग्रीन लन अङ्ग्रेजी स्कुल बिजयी बनेको छ। आयोजक समितिका अध्यक्ष बिशाल गुरुङ र सचिव रितेश गुप्ताले  मिरिकमा ब्याडमिन्टन खेलमा रूचि राख्ने प्रतियोगीहरूलाई प्रोत्साहन जगाउन यस खेलाको आयोजना गरिएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया