स्व. धनबहादुर कुलुङ स्मृति छात्रवृत्तिको निम्ति ओङ्कित लेप्चा छनौट

मिरिक, 22 मार्च।


स्व. धनबहादुर कुलुङ राई स्मृति छात्रवृत्ति २०१७ पुरस्कार यस वर्ष मिरिक उच्चतर माध्यमिक विद्यालयकी छात्रा ओङ्कित लेप्चालाई प्रदान गरिने भएको छ। गत वर्ष २०१७ मा पहाडमा भएको १०५ दिने बन्दका कारण स्व. धनबहादुर कुलुङ राई स्मृति छात्रवृत्ति २०१७ प्रदान गर्न नसकिएको छात्रवृत्ति प्रदान कर्ता अरुण चन्द्र कुलुङले बताएका छन्।

उक्त छात्रवृत्तिलाई निरन्तरता दिँदै गत वर्षको उच्चत्तर माध्यमिक परीक्षामा नेपाली विषयमा सर्वोच्च अङ्क सहित उत्तीर्ण हुने विद्यार्थीलाई प्रदान गरिनेबारे मिरिक तराई पानीघट्टा क्षेत्रका प्रधानाध्यापकलाई गत १ मार्च २०१८ मा पत्राचार गरिए तापनि सबै विद्यालयबाट दिएको समयभित्रमा प्रत्युत्तर नपाइएकोमा कुलुङले खेद प्रकट पनि गरे। आजसम्म प्राप्त विद्यालयहरूको परीक्षाफलको आधारमा नै उक्त छात्रवृत्ति मिरिक उच्चतर माध्यमिक विद्यालयकी छात्रा ओङ्कित लेप्चालाई प्रदान गरिने निधो गरिएको उनले बताए।

यस छात्रवृत्तिमा नगदराशी दशहजार सहित स्मृति चिन्ह, प्रशंसा पत्र पनि प्रदान गरिने छ। छात्रा ओङ्कित लेप्चाले नेपाली विषयमा ९४ प्रतिशत अङ्क ल्याएर परीक्षा उत्तीर्ण गरेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares