प्राथमिक शिक्षक सङ्गठनको चिन्तन सभा

मिरिक, २२ मार्च।


पहाड़मा प्राथमिक शिक्षाको वर्तमान अवस्थामा सुधार ल्याउने क्रममा जिल्ला पाठशाला परिषदका अध्यक्ष छिरिङ दाहालको पहलमा जीटीए क्षेत्रभरिको प्राथमिक पाठशालाहरूमा भइरहेको भ्रमणलाई मध्यनजर राख्दै हिल तराई प्राथमिक शिक्षक सङ्गठन मिरिक क्षेत्र समितिले बिहीबार सौरेनी बजारस्थित सामुदायिक भवनमा एउटा वृहत चिन्तन सभाको आयोजना गऱ्यो। समितिका मिरिक अध्यक्ष गिदोन राईको अध्यक्षतामा भएको सभाममा मिरिक क्षेत्रभरिका प्राथमिक पाठशालाहरूमा कार्यरत् पे-ब्याण्ड शिक्षक शिक्षिकाहरूलगायत सम्पूर्ण सेवारत स्वयंसेवी शिक्षक शिक्षिकाहरू पनि उपस्थित थिए। सभामा प्राथमिक शिक्षक शिक्षिकाहरूले भोग्न परेको विविध समस्या अनि प्राथमिक शिक्षाको विकास र विस्तारबारे चर्चा भयो।

मिरिक क्षेत्रकका ४९ वटा प्राथमिक पाठशालाका शिक्षक शिक्षिका, पे-ब्याण्ड शिक्षक शिक्षिकालगायत स्वयंसेवक शिक्षक शिक्षिकाहरूको व्यापक उपस्थिति रहेको सभामा मुख्य अतिथि छिरिङ दाहालले शिक्षक शिक्षिकाहरूलाई आफ्नो ड्यूटी निष्ठापूर्वक पालन गर्ने आह्वान गरिन्। उनले आगामी दिनमा धेरै चुनौतीहरूलाई लिएर शिक्षा व्यवस्थामा सुधार गर्न तयार बसिदिने आह्वान गर्दै शिक्षकहरूको कुनै समस्या भए दार्जीलिङ नै जान नपर्ने केवल फोनको गरेर पनि समस्याको समाधान गरिदिने प्रतिबद्धता प्रकट गरिन्। उनले पाठशालाको प्रधान शिक्षक नै पाठशालाका डीआई, एसआई, अध्यक्ष हुन् भन्दै पाठशालाको कुनै पनि समस्या समधानको निम्ति उनीहरूले आफै निर्णय लिन सक्ने बताइन्। उनले दुई अप्रेलदेखि प्रत्येक शिक्षकले साप्ताहिक लेसन प्लान बनाएको हुन पर्नेछ र यसै अनुसार पठनपाठन भएको हुन पर्ने विषयमा शिक्षकहरू पनि सचेत बसिदिने आह्वान गरिन्।

सभामा अन्तरक्रिया पनि राखिएको थियो। अन्तरक्रियामा बोर्ड मेम्बर शङकर लामा अनि एचटीपीटीए केन्द्रिय समिति अध्यक्ष केसाङ लामाले शिक्षकहरूले उठाएका प्रश्न तथा समस्याहरूको समाधानको निम्ति पहल गरिने बताए। मनोहर राईले सञ्चालन अनि स्वागत भाषण राखेको सभामा पे-ब्याण्ड शिक्षक सङ्गठन केन्द्रिय अध्यक्ष अनिल छेत्रीले पनि सम्बोधन गरेका थिए भने धन्यवाद ज्ञापन एचटीपीटीए मिरिक अध्यक्ष किशन गुरुङले राखेका थिए भनी सङ्गठनका प्रचारप्रसार सचिव रितेस गुप्ताले जानकारी गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares