You are here

दार्जीलिङको ‘मचान’, आयो खोज्दै जनजीवन

खबरम्यागजिन डेस्क


व्याण्डको पहिलो अन्तरवार्ता दिँदै मचानका कलाकारहरू

“कला” मानिसको बुझाईबाट जन्मेको संसारको एउटा प्रतिबिम्ब हो। मानिसले संसारलाई जसरी बुझ्छ र अनुभव गर्छ त्यसरी नै उसले आफ्नो कृतिमा संसारको प्रतिविम्ब सृजना गर्छ जस्तै चित्रमा, लेखमा, गीतमा, मुर्तिमा, कवितामा इत्यादि। साधारण मानिसभन्दा बेग्लै तरिकाले र अझै गम्भीरताले संसारलाई केलाउनु यो कलाकारको विशेषता हो। कलाकार आफ्नो उमेरभन्दा जेठो भएर बाँच्छ।

सङ्गीत प्रकृतिको एउटा अंश जो अर्को शब्दमा भन्नु हो भने ध्वनी हो। अब सङ्गीत पृथ्वीमा नै छरपष्ट छन्  हाम्रा वरिपरि  हल्लामा, झरनामा, पानीको उम्मलाईमा, कारखानामा। सङ्गीतकारले यी सबै प्राकृतिक ध्वनिलाई अघिपछि, कम्तिबेसी र भिन्न-भिन्न ध्वनि चलाएर मानिसलाई रिझाउन सक्ने सङ्गीत त्यार पार्छन्, त्यो कला हो।

भाषा जसले मानिसको भवानालाई आफूदेखि अरू सम्म पुऱ्याउँछ, यही भाषालाई प्रयोग गरेर एउटा गायकले ध्वनिहरूको थुप्रो बनाएर,  सुर दिएर मन छुन सक्ने आवाज बनाउँछ जसलाई हामी गीत भन्छौ, गाउँछौ पनि। भाषाले व्यक्ति व्यक्तिबिच घनिष्टता बढाएर  समाजको स्थापना गर्‍यो। समाज मानिसहरूको समूहबाट बनेको अनि मानिसलाई मानिसकै आवश्यकता परेको हुनाले समाज निर्माण भयो।

अब समाज छ त भाषा छ अनि भाषा छ त गीतसङ्गीत छ। गीत अथवा सङ्गीत धेरै थरिको, जाति अनुसारको गीत- सङ्गीत, गीत-सङ्गीत पनि समय र अवस्था अनुसारको। गीत- सङ्गीतले जुनै पनि भावना बोक्न सक्छ जस्तै जातिवादी, प्रणयवादी,जनवादी, स्वच्छन्दवादी, प्रगतिशिल इत्यादि।

तर कसका लागि गाउँने अनि बजाउँने?

यो दायित्व कलाकारको चेतनामा फरक पर्छ। विश्वप्रसिद्ध गीतहरू जस्तै जन् लेनन्‌को इम्याजिन् भेतनाम वारको असर हो, पिट सिगारको वि स्याल ओभर कम्‌ एकताको सोच हो, बब् मार्लेको नो वुमन नो क्राई नारीमाथि लैङ्गीक शोषण (पुरूषप्रधान समाज ) को दर्शन हो, बब् डीलनको ब्लोयिङ् इन् द विन्ड् अन्याय, अत्याचारको प्रतिरोध हो, विथोभन र रिचार्ड व्याग्नरका सङ्गीत

दोस्रो विश्वयुद्धमा साचो जर्मन सङ्गीत मानिन्थ्यो (जर्मन सरकारले त्यस बेला ज्याज, पप र अरू जातिको गीत-सङ्गीतप्रति निषेध लगायो), पिङ्क फ्लोएडको वि डोन्ट् निड नो एजुकेशन त्यस समय शिक्षापद्धतिप्रतिको घृणा हो।

यस्ता धेरै विश्व प्रसिद्ध गीत-सङगीतहरू छन् जसले मानिसलाई विद्रोहको, वियोगको, मायाको, आह्वानको, प्रेरणाको भावनाले मताएको छ। आजसम्म पनि यस्ता गीतका श्रोता भने भेटिन्छ।

अब फर्कौं दार्जीलिङ पहाड़मा नेपाली गीत सङ्गीततिर। नेपाली गीत-सङ्गीतमा प्रचिलित नामहरू नारायण गोपाल, प्रकाश श्रेष्ठ, भक्तराज आचार्य, अम्बर गुरुङ, फत्तेमान, अरुणा लामा, तारा देवी, कर्म र गोपाल योन्जन इत्यादि। यी थिए नेपाली जातिका होनहार कलाकारहरू। अहिलेका विपुल छैत्री, प्रनेश राई, आस्था रावत, पुष्पण प्रधान, एड्रिन प्रधान, हेमन्त राणा, शिव परियार, अन्जु पन्त इत्यादि, जो आउँदा कलाकारहरूका निम्ति प्रेरणा हुन्।

फेरि पनि प्रश्न दोहोरिन्छ। उनीहरू कसका निम्ति गाउँदैछन् र के गाउँदैछन्?

विपुल छेत्रीको गीत लोक भाकामा पहाड़ प्रकृतिलाई लिएर बनेको छ। प्रणेश राईका सेन्तेरेम नेपाली समाजको यथार्थ हो। आस्था रावतको चौबन्दीमा  आधुनिक केटीको नेपाली संस्कृतिप्रति अपार माया हो। पुष्पण प्रधानको पैसा होइन पासो परदेशी नेपालीलाई सन्देश हो। नेपाली ब्यान्डहरु मन्त्र, चक्र, रिङ्कार्नेशन, मेरिजेन, रिफ- र्‍याफ, मुक्ति – रिभाईभल, नेपथ्य, 1974 A.D. आदि जसले नेपाली सभ्यातालाई बोकेको छ।

यी व्यान्डहरूले पनि आफ्ना बेग्लै परिचय श्रोतासित राखेको छ। मन्त्र व्यान्डको ‘गोर्खालीको छोरो’ हरेक लाउरेको मात्र नभएर सबै नेपालीको जाति इतिहास प्रति प्रेम हो। 1974 A.D. को  ‘वरपर गाउँभरि हल्ला छ’ माओवादी आन्दोलनको असर हो।  रिफ – र्‍याफको ‘टिस्टा -रङ्गीत सुक्दैन’  आफ्नै समाजप्रति दायित्वबोध गराउँने गीत हो। मुक्ति – रिभाईभलको  ‘कान्तिपूरी आयो’ कसैको नेतृत्वलाई चुनौति हो।

हो यस्तै ढङ्ग र रचनाको पछि लाग्दै सामाजिक विषयलाई पछ्याउँदै आएको एउटा चेतनाले प्रखर भाइहरूको व्यान्ड ‘मचान’ देखापरेको छ।

‘वृतचित्र ‘नबोल्द नबोल्दै’ (२०१६) मा ग्रुपसङ्ग गाएपछि ‘मचान’ को शुरुवात भएको हो,’ ‘मचान’का भोकलिस्ट प्रसिद्ध राई भन्छन्, ‘खासगरी व्यान्डको नाम ‘मचान’  ख्यालख्यालमा नै राखिएको हो।’

प्रसिद्ध अनुसार मचानको  पहिलो गीत २०१७को मई महिनामा सार्वजनिक भएको हो। यसमा नौलो विकल्प, सामाजिक द्वन्द उतारिएको छ। सम्झौता वा लड़ाई दुईबीचको द्वन्द छ। समाजले धारणा बनाउँछ अनि त्यही धारणामा हिँड्नु भन्छ। त्यो धारणा सही होस् वा गलत। रुढिवादी, कट्टरपन्थी, तानाशाही, निराशावादी, अन्धविश्वास, पुरुषतान्त्रिक सोच ती धारणाहरूमा पर्छ। यी नै धारणाप्रति चुनौति छ मचानको गीत नौलो विकल्पमा ।

‘श्रोता जुन हालमा छ्न् उसले त्यसरी नै यो गीतलाई बुझ्ने छ्न्,’ प्रसिद्ध भन्छन्‌।

समाज परिर्वतनमा कलाकारको पनि मुख्य भूमिका हुन्छ। उदाहरणको निम्ति यूरोपको रेनेसा लियोनाडो, माईकलएन्जलो बिना फिका हुन्छ ।

मचानको अर्को ती छ- मुक्तमन

एउटा स्वतन्त्र अभिव्यक्तिको परिचय दिने यस गीतले विचारलाई मार्न सकिँदैन भन्ने विचारको वकालत गर्छ। गीतले भन्छ, सत्य  बोल्ने र सत्यको निम्ति मर्ने जन्मिनै रहन्छन्।  संसारभरिका धार्मिक कट्टरपन्थीहरूको नास्तिक, युक्तिवादिहरूको प्राणघातक कृत्य होस् वा सरकारको जनता माथि आवाज दबाउने कुटनीति होस्, मानवलाई मानवता सिकाउने क्रान्तिवीर त जन्मिनै रहन्छन्। मुक्तमनले यही विचारलाई सतहमा ल्याएको छ।

मचानको अर्को गीत छ- फेरि सुन्यतामा

यो गीतलाई प्रणयवादी अथवा वियोगको गीत मात्र भनिहाल्न मिल्दैन, किन भने यस गीतको भाव नै यस्तो छ कि कसैको यादमा बस्नु व्यर्थ हुन्छ। जिन्दगी भनेको नै अघि बढ्नु हो।

हालैमा मचान व्यान्डले स्थानीय रेडियो स्टेशन सलेसन एफ० एम० मा आफ्ना २ घण्टाको अन्तवार्ता दिइसकेको छन। जुन अन्तरवार्ता १० जुन दिउँसो  १० बजी प्रसारण हुने छ, व्याण्डबारे बुझ्न चाहनेहरूलाई यो अन्तरवार्ताले पनि सहयोग गर्नेछ।

व्याण्डमा छन्, बबिन् राई – ड्रमस् (माने भनज्याङ), योगेश पाखरिन – बास गिटार (मार्गरेट्सहोप) सुमेन्द्र तामाङ – युकेलेले, गिटार (खरसाङ),  बन्धन राई – गिटार ( रिङटाङ ) अनि प्रसिद्ध राई – गायक (मार्गरेट्स होप)।

उदयीमान व्याण्ड मचान पहिलोपल्ट खबरम्यागजिनसित नयाँ पुस्ता-मा आएको छ। पक्कैपनि प्रतिभावान कलाकारहरू झुण्ड रहेको यो व्याण्डले समाज सरोकारका कुराहरूलाई समाजअघि पस्कनेछन्। खबरम्यागगजिनका पाठकहरूको लागि हामीले मचारका गीतहरूको लिङ्क सार्वजनिक गरेका छौँ, यहाँ क्लिक गरेर मचानको गीत सुन्न सक्नुहुनेछ-

मचानका गीतहरूको लिङ्क् यस्तो छ-क्लिक गरेर सुन्न सक्नुहुन्छ-

विकल्पमुक्तमन, शुन्यतामा

 

माचानका अरू गीतहरू फुच्चे बालक, कालो रात अनि नबोल्दानबोल्दै पनि जुलाई महिनामा सार्वजनिक गरिने प्रशिद्ध राईले बताएका छन्। ‘’कालो रात’  यस्तो गीत हुनेछ जसले मजदुर जीवनबारे बोल्नेछ। काम गर्दागर्दै आफूलाई माया गर्न बिर्सेका मजदूरको कथा यस गीतमा झल्काउने कोशिश गरिएको छ,’ प्रसिद्ध राई अझ थप्छन्, ‘नबोल्दा नबोल्दै’-ले चियाबारीको व्यथा सुनाउँछ,। यस गीतमा युवाको हालैको दयीय अवस्था अनि चियाबारीलाई एकिकृत गर्ने प्रयास छ।’

मचानका आउँदा गीतहरू प्रायः समाज केन्द्रित हुने अनि सामाजिक सरोकारका विषयलाई नै मूल रचनाका श्रोत बनाउने ‘मचान’-ले बाचा गरेको पनि प्रसिद्धले बताएका छन्।

मचानको फेसबुक पेज।


मुक्तमन

Muktamann | मुक्तमन

This song is in Nepali language, presented by Machaan, a musical band from Darjeeling hills. The video contains Bengali subtitles too.The song was written after the brutal murder of Abhijit Roy.On 26 February 2015, Avijit Roy, the writer and blogger known for creating and administrating the 'Mukto-Mona', an Internet community for freethinkers, rationalists, atheists and humanists, was hacked to death by Islamic fundamentalists in Dhaka, Bangladesh.Roy was an advocate of free expression in Bangladesh, coordinating international protests against government censorship and imprisonment of atheist bloggers. There were several other incidents of murders and attacks on free thinkers in Bangladesh.In India too, Prof. M.M. Kalburgi was murdered in Karnataka, by Hindu fundamentalists and it was preceded by the assassinations of two other rationalists and activists, Narendra Dabholkar and Govind Pansare, in Maharashtra.Raise your voice against religious fundamentalism

Aajker Uttar – আজকের উত্তর 发布于 2017年5月27日


नौलो बिकल्प

Naulo Vikalpa by Machaan, Darjeeling hills

Another Nepali Song by Machaan, musical band from Darjeeling Hills.The video contains Bengali subtitles too.#Naulo_Vikalpa

Aajker Uttar – আজকের উত্তর 发布于 2017年5月27日

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares