चामलिङको बहिनीको निधन

खबरम्यागजिन प्रतिनिधि

सिक्किम, 7 जुन 2017


सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङकी बहिनी रीता चामलिङको बुधवार अपरान्ह प्रायः ४:०५ –मा निधन भएको छ। ६३ वर्ष पुगेकी उनी गान्तोकस्थित एसटीएनएम अस्पतालमा उपचाराधीन थिइन्। पारिवारिक सूत्रले जानकारी गराएअनुसार दीर्घ दिनदेखि बिमारी थिइन्। मृतका रीता चामलिङको भोलि याङयाङमा किराती धर्मअनुसार अन्तिम संस्कार गरिनेछ। उनले आफूपछि पति नरबहादुर राई, छोरा विक्रम राई, बुहारी र अन्य आफन्त छोड़िगएकी छन्। रीता चामलिङ मुख्यमन्त्री चामलिङकी एक मात्र बहिनी हुन्। यता, मुख्यमन्त्रीकी बहिनीको निधनमा सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) –ले गहिरो शोक शोक प्रकट गर्दै शोकित परिवारमा समवेदना गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment