सन्दर्भ भाषा र पहाड़ : के बङ्गालको कानुन दार्जीलिङमा लागु हुन्छ?

दीपेन घिमिरे


15 अगष्ट 1947 -मा भारत स्वतन्त्र भएपछि 26 जनवरी 1950 देखि देशमा संविधान लागु भयो। संविधान लागु भएपछि एक्सक्लुडेड र पार्शियल्ली-एक्सक्लुडेड एरियाहरूलाई पनि नजिकैको राज्यहरूमा अन्तर्भूक्त (एब्जर्भड) गरियो अनि प्रशासनिक सुविधा हेतु अन्तर्भूक्त गर्ने राज्यका केही कानुनहरू (जम्मै कानुन होइन) पनि यी अन्तर्भूक्त गरिएका एक्सक्लुडेड र पार्शियल्ली-एक्सक्लुडेड एरियाहरूमा पनि 30 तारिक अप्रैल 1954 देखि लागु गरिएको भनी Absorbed Areas (Laws) Act {Central Act no. 20 of 1954} -ले बताउँछ ।

यसै सम्बन्धमा पश्चिम बङ्गाल राज्यमा अन्तर्भूक्त गरिएको पार्शियल्ली-एक्सक्लुडेड एरिया दार्जीलिङमा पनि बङ्गाल विधानसभाको खाली दुईवटा अधिनियमहरू (Act) — Land Requisition Act अनि Jute Regulation Act — मात्र यहाँ लाग्ने भनेर बताइएको छ।

उसरी नै महाराष्ट्र,  उड़िसा,  उत्तर प्रदेश, बिहार आदि राज्यहरूको कुन-कुन कानुन कुन-कुन जगाहरूमा लाग्ने भन्ने कुराहरू पनि यो एब्जर्भड एरिया एक्टमा बताइएको छ।

त्यसो भए यी राज्यका अन्य कानुनहरू चाहीँ लाग्छ कि लागदैन भन्ने प्रश्न अवश्यै आउँछ। किनकि, यो एब्जर्भड एरिया एक्ट त केन्द्रीय कानुन हो, न कि राज्य विधानपालिकाको कानुन … र  एब्जर्भड एरिया एक्ट संशोधन नै भएको छैन भने अरू कानुनहरू चाहीँ कसरी लाग्छ त?

कि बङ्गाल विधानसभा भनेको भारतीय संसद र संविधान भन्दा ठूलो हो?

फेरी संविधान लागु भएपछि नजिकका राज्यहरूमा एब्जर्भ गरिएको थियो भनेर बताउने अधिनियममै केवल पन्द्रह (15) वटा क्षेत्रहरूको कुरा छ भने जम्मा छत्तिसवटा (36) एक्सक्लुडेड र पार्शियल्ली-एक्सक्लुडेड क्षेत्रहरू थिए त. ती रहल क्षेत्रहरू चाहीँ के भयो त? कता गयो के भयो के हो कसो हो, केही स्पष्ट छैन। अनि फेरि पछि गएर अन्तर्भूक्त भए पनि 1947 देखि अन्तर्भूक्त नभएसम्म चाहीँ कहाँ थिए त यी क्षेत्रहरू ?? कसको अधिनमा थियो,  कुन तरिकामा कुन परिधिभित्र थियो र कस्तो अवस्थामा थियो त?  र कसले कसलाई कोसित सोधेर वा सल्लाह गरेर अन्तर्भूक्त गरयो ??

त्यसैले बङ्गला विषय पढ़ने नपढ़ने वा थर्ट/फोर्थ ल्याङगुएज राख्ने त पछिको कुरो हो, पहिला त यो स्पष्ट गरिनुपर्छ कि पार्शियल्ली-एक्सक्लुडेड क्षेत्र रहेको दार्जीलिङमा बङ्गालको कानुन अधिनियम नियम विनियम उपनियम अधिसुचना मेमो अडर्र स्किम वा अन्य कानुनी रूपहरू लागु हुन्छ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares