You are here

टिस्टा भेल्लीमा चार पुलिस कर्मी घाइतेः बतायो पुलिस र स्थानीयले बेग्लाबेग्लै कथा

टिस्टाभेल्लीः टिस्टाभेल्लीमा पुलिस अनि स्थानीय मानिसहरूबीच झडप हुँदा चारजना पुलिस कर्मी घाइते बनेका छन्। उनीहरूमध्ये निक्कै सिकिस्त बनैका दुइ पुलिसकर्मीलाई पुलिस प्रशासनद्वारा सिलगढी अस्पताल पुऱ्याइएको छ।

पुलिस सूत्रले बताए अनुसार घटना यस्तो छ- सधैँ झैँ पुलिसहरूको झुण्ड दुइवटा वाहन लिएर पेट्रोलिङमा निस्किएको थियो। एउटा वाहन बिग्रियो। यही मौका छोपेर स्थानीय मानिसहरू विस्तारै जमघट हुन थाल्यो अनि पुलिस कर्मीहरूमाथि ढुङ्गामुडा हुन थाल्यो। यसैबीच केही व्यक्तिहरूले दुइवटा हतियार पनि खोस्यो। ढुङ्गाले लागेर चारजना पुलिस कर्मी घाइते बने। ती मध्ये दुइ निक्कै सिकिस्त बनेकोले सिलगढी लगिएको छ। बन्दुक खोस्ने अनि ढुङ्गामुडा गर्नेहरूविरुद्ध पुलिस प्रशासनले मुद्दा दर्ता गरेको छ।

स्थानीय सूत्रले बताए अनुसार घटना यस्तो छ- दुइ गाडी पुलिस कर्मीहरू हातमा थुप्रैको फोटो बोकेर गाउँ पसेका थिए। उनीहरूले हरेकको घर ढकढकाउँदै दैलो खोल्न लगाए। हातमा बोकेर फोटोको मानिसलाई चिन्छस्? भनेर सोध्न थाले। अचानक एउटा घरको महिला चिच्याइन्। गाउँलेहरू कुदेर त्यहाँ पुगे। जुन घरमा महिला एक्लै थिइन्। एक्लै देखेपछि केही पुलिस कर्मीले उनीमाथि अभद्र व्यवहार गरे। महिला चिच्याएपछि गाउँलेहरू भेला भए अनि अभद्र व्यवहार गर्ने पुलिस कर्मीहरूमाथि कुटपिट गरे। चारजना पुलिस कर्मी हतियार छोडेर भागे।

‘मोर्चा कार्यकर्ताहरूले पुलिसको हतियार खोस्यो भन्ने आरोप छ, वास्तवमा हतियार खोसेको होइन, भाग्ने पुलिसले छोडेको हो जो बगानका प्रवन्धकले थानामा पुऱ्याइदिइसकेका छन्,’ गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता नर्बुजी लामाले खबरम्यागजिनसित भने, ‘खोसेको भए बन्दुक फर्किँदैन थियो। पपुलिसले बनावटी कथा भन्दैछ।’


फाइलफोटो

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares