You are here

झाऱ्यो सेनाः सीआरपीको छापामारी जारीः सिंहमारीमा फाइरिङ-फेरि एकको मृत्युः जम्मा तीनको मृत्यु

दार्जीलिङः सोनादामा हिजो राती सीआरपीएफले गरेको फाइरिङमा टाशी भोटियाको मुत्यु भएपछि गोर्खाल्याण्ड समर्थकहरू आक्रोशित बने। उनीहरूले पुलिस प्रशासन विरुद्ध नाराबाजी गरे। यसैबीच सोनादाको रेलवे स्टेशन पूर्णरूपले जलेको छ। दार्जीलिङ अनि सोनादाका ट्राफिक पुलिस पोष्टहरू जलाइएको छ।

दार्जीलिङमा टाशीको मुत्युलाई केन्द्र गरेर प्रशासनविरुद्ध उर्लिएको भीडलाई नियन्त्रण गर्न पुलिसले अन्धधुन्ध गोली चलाएको थियो। घटनास्थलमा नै सुरज सुन्दासको ज्यान गएको छ भने अनेकौं घाइते छन्।

दार्जीलिङमा प्रदर्शनकारी अनि पुलिस दुवै आक्रशित बनेको छ। आक्रोशित भीडबिच कसैले दुइ सीआएरपीएफ जवानलाई खुकुरीले प्रहार गरेको अनि दुवैजना सिकिस्त बनेको जानकारी पनि पाइएको छ।

सीआरपी जवानहरूको आक्रोशित झुण्डले दार्जीलिङको एक अस्पतालमा छापामारी गरेर घाइते प्रदर्शनकारीहरू खोजेको पनि बताइएको छ। सीआरपीएफका जवानहरूको छापामारी जारी रहेको छ।

दार्जीलिङको अशान्तिको वहानामा दार्जीलिङमा तीन, कालेबुङमा दुइ अनि खरसाङमा एक कम्पनी सेना झारिएको सूत्रले बताएको छ। सेनासितै केही कम्पनी सीआरपीएफका जवानहरू पनि झारिएको बताइएको छ। यसैबीच

कागझोडाको फरेस्ट अफिस जलेको छ, सिहमारीमा फेरि पनि सीआरपीएफका जवानहरूले फाइरिङ गरेको छ। यसै फाइरिङमा फेरि एकको मृत्यु भएको जानकारी पाइएको छ। मृतकबारे कुनै जानकारी पाउन सकिएको छैन। अहिलेसम्म सोनादा र दार्जीलिङ गरेर तीनजना सीआरपीएफको गोलीले मृत्यु भइसकेको छ। उनीहरूमा टाशी भोटिया, सुरज सुन्दास अनि एकको नाम थाहा पाइएको छैन।

खबरम्यागजिन खबरदाता अनुसार दार्जीलिङमा पत्रकारहरूलाई सीआरपीएफले समाचार सङ्कलन गर्नबाट रोकेर राखेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares