कुमार सुब्बाले पनि फर्काए सङ्गीत सम्मान

दार्जीलिङः दार्जीलिङका कलाकारहरुले यी गीतहरु गाउँदै गोर्खाल्यान्डको आन्दोलनलाई सहयोग पुर्याउने घोषणा गरेको केही समयपछिनै दार्जीलिङका एक अर्का वरिष्ठ गायक कुमार सुब्बाले पनि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको हातबाट वर्ष 2012-मा पाएको सङ्गीत सम्मान फर्काउने घोषणा गरे।

सन् 1971-मा सारङ्गीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म… गीत गाएर ख्याति आर्जन गर्ने 71 वर्षे कुमार सुब्बाले भने-जातीय अस्मिताको सवालमा उठिरहेको अलग राज्य गोर्खाल्यान्डको मागलाई टेवा पुर्याउनको लागिनै मैले पनि राज्य सरकारबाट पाएको यो सम्मान फर्काउने निर्णय लिएको हुँ। उनले यो पुरस्कार नेपाली साहित्य सम्मेलनमार्फत राज्य सरकारलाई फर्काउने भएको पनि जानकारी गराए।

स्मरण गराइन्छ, गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीले पहाड़का कलाकार, साहित्यकार आदिलाई राज्यको तृणमूल कंग्रेस सरकारबाट पाएका सम्पूर्ण सम्मानहरु फिर्ता गरेर गोर्खाल्यान्डको यस आन्दोलनमा सहयोग प्रदान गर्ने आह्वान गरेको थियो। जसको फलस्वरूप गत 13 जुलाईको दिन कर्म योञ्जन, कृष्णसिंह मोक्तान, डा. प्रभात प्रधानका साथै कालेबुङका नवरत्न प्रधानले आ-आफ्नो सम्मान फर्काएका थिए भने दैनिकरूपमा पहाड़का अन्य सम्मानित व्यक्तित्वहरुले पनि राज्य सरकारलाई आफ्नो सम्मान फर्काइरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment