You are here

जोन लेन्ननको विख्यात गीत ‘इम्याजिन’

मानौँ

  • जोन लेन्नन

 

मानौं कुनै स्वर्ग छैन

कोशिश गरे सजिलो छ।

हामीमुनि नर्क छैन
हामीमाथि केवल नभ छ।

मानौं सबै मान्छे यहाँ

आजको निम्ति बाँचेको।

 

 

मानौं कुनै देश छैन

गर्नु यसो गाह्रो छैन।

मार्नु-मर्नुलाई केही छैन

कुनै धर्म पनि छैन।

मानौं सबै मान्छे यहाँ

शान्तिमा बाँचेको।

 

ठान्छौ सपना देख्ने मान्छे

तर कहाँ छु म एक्लै।

कुनै दिन हामी हुनेछौ सँगै

र संसार हुनेछ एउटै।

मानौं कुनै जेथा छैन

यसो गर्न सक्छौ कि।

लोभ-भोकको खाँचो छैन

मान्छे सबै भाइबहिनी।

मानौं सबै मान्छेलाई

संसार बराबर बाँड़िएको।

 

ठान्छौ सपना देख्ने मान्छे

तर कहाँ छु म एक्लै।

कुनै दिन हामी हुनेछौ सँगै

र संसार हुनेछ एउटै।

 

(लेन्नन विश्वप्रसिद्ध बिटल्स ब्यान्डका मुख्य गीत लेखक र गायक हुन्। उनको यो गीतले संसारै हल्लाइदिएको थियो। मूल अङ्ग्रेजीबाट नेपाली उल्था – राजा पुनियानी)

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares