विस्फोट काण्ड आन्दोलन बद्नाम गराउने सुनियोजित खेलः निष्पक्ष जाँच गर- विनय तामाङ

दार्जीलिङः हिजो 18 अगस्त 2017 को राती दार्जीलिङ शहरको सुपर मार्केट परिसरमा भएको बम विस्फोटको घटनाको गोर्खा जनमुक्ति मोर्चाले घोर निन्दा एवं प्रतिवाद जनाएको छ। मोर्चा सह-सचिव विनय तामाङले खबरम्यागजिनलाई विज्ञप्ति जारी गर्दै विस्फोटको घटना गोरखाल्याण्ड आन्दोलनलाई विफल तुल्याउनको निम्ति सुनियोजित ढङ्गमा रचिएको एउटा षड़यन्त्र रहेको बताएका छन्।

‘गोर्खा जनमुक्ति मोर्चा उक्त बम काण्डमाथि निष्पक्ष जाँचको निम्ति उच्च स्तरीय निरीक्षण कमिटी  गठन गरी चाड़ोभन्दा चाड़ो निष्पक्षरूपमा जाँच गरिनुपर्ने माग गर्दछ,’ तामाङले भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेतृत्वहरूलाई बदनाम गराउने अनि दार्जीलिङ पहाड़को शान्ति शृङ्खला भङ्ग गर्ने उद्धेश्यले घटना घटाउने कुतत्वहरूमाथि कड़ाभन्दा कड़ा कार्वाही गरी यसबारे स्पष्ट खुलासा गरिनुपर्छ।’

तामाङले गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्थापनाकालदेखि नै गणतान्त्रिक एवं शान्तिपूर्ण ढङ्गमा आन्दोलन गर्दै आइरहेको बताउँदै हालमा भइरहेको गोर्खाल्याण्ड आन्दोलनलाई पनि गणतान्त्रिक एवं शान्तिपूर्ण पद्धतिमा नै सफल बनाउन गोजमुमो कटिवद्ध रहेको बताएका छन्।

‘अगणतान्त्रिक पद्धतिलाई गोजमुमोले कहिल्यै पनि साथ- समर्थन दिने छैन अनि अगणतान्त्रिक पद्धतिको गोजमुमो सदैव खुलेर घोर विरोध गर्दछ,’ उनले भनेका छन्, ‘सम्पूर्ण पहाड़को जनतालाई दिग्भ्रमित तथा आतङ्कित नभइकन पहाड़मा शान्तिशृङ्खला बनाइराख्ने हामी अपील गर्दछौं। यसको साथसाथमै पुलिस प्रशासनले पनि शान्ति कायम राख्न पहल गरियोस् भन्ने पनि गोजमुमो निवेदन गर्दछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment