You are here

पवारले दिए गृहमन्त्रीलाई त्रिपक्षीय वार्ताको दबाउ: केन्द्रले चाँड़ै वार्ताको प्रस्ताव दिनेछ: राजनाथ

 

कालेबुङ: राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी) राष्ट्रिय अध्यक्ष शरद पवारले नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसँग भेटेर गोर्खाल्याण्ड आन्दोलनको सन्दर्भमा नेतार आम मानिसहरूको धरपकड़ीको मुद्दा उठान गरेका छन्। पवारले सिंहलाई दार्जीलिङमा शान्तिको द्रुत बहालीको अनुरोध गरे। जोर्खा जनमुक्ति मोर्चाका नेताहरूको पक्राउले पहाड़ अशान्त बनेको उनले सिंहलाई बताए।

पवारले सिंहलाई भने, “त्यहाँका जनता गोर्खाल्याण्ड चाहन्छन्। त्यो इलाकासँग चीन, नेपाल, बङ्गलादेश, भूटान संलग्न भएकोले त्यहाँ अन्तर्राष्ट्रिय बाधा उत्पन्न हुन सक्छ। कैयौँ दिनदेखि पहाड़मा इन्टरनेट सेवा बन्द छ, खाद्य सामग्री, औषधिको आपूर्ति बन्द छ। विद्यार्थीहरूको पठनपाठन बन्द छ”।  

गृहमन्त्रीले आफ्नै स्तरबाट यसको हल निकाल्नुपर्दछ, पवारले जोड़ दिए। “केन्द्र सरकारले नै बङ्गाल राज्य सरकारसँग वार्ता गरेर त्रिपक्षीय वार्ता बोलाउन जरूरी छ”, उनले भने, “गोजमुमो अध्यक्ष विमल गुरूङलाई उक्त वार्तामा सामेल गरिनु पर्दछ किनभने गोर्खाल्याण्ड आन्दोलनका नेतृत्वकारी उनी नै हुन्”।

राजनाथ सिंहले पवारको कुरा सुनेपछि भने, “पहाड़को समस्याको समाधान चाँड़ै गरिनेछ। प्रधानमन्त्री आजै विदेश यात्रामा गएका छन्। उनी फर्किएपछि उनलाई पहाड़को रिपोर्ट दिइनेछ। त्रिपक्षीय वार्ता आयोजन गरेर यस मुद्दामाथि विचार विमर्श गरिनेछ। म पहाड़का जनतालाई अपील गर्दछु कि उनीहरूले शान्ति कायम राखुन्। केन्द्रले चाँड़ै वार्ताको प्रस्ताव दिनेछ।”   

पवारले भने, “एनसीपी गोर्खाल्याण्डको पक्षमा छ। बङ्गाल ठूलो राज्य भएकोले यस्ता ससाना राज्य गठनले विकास धेर हुनेछ। यसै पनि गोर्खा समुदायलाई विकासको खाँचो छ। यो तब नै सम्भव छ जब गोर्खाल्याण्ड गठन हुनेछ”।

यो जानकारी दिँदै एनसीपी महासचिव, सासंद एवम् पश्चिम बङ्गाल राज्य पार्टी प्रभारी प्रफुल पटेलले जारी गरेको एक विवृत्तिमा भनेका छन्, “भाजपाको मौनताले के बताउँदछ भने अलग राज्य गोर्खाल्याण्ड लिएर उ गम्भीर छैन। गोर्खा समुदायले बाजपालाई लोकसभा आसन प्रदान गरेर धेरैपल्ट सम्मान जनाइसकेको छ। तर भाजपाले गोर्खा समुदायलाई दिएको वाचा कहिले पूरा गर्छ? यसको जवाफ भाजपा नेतृत्वले दिनु आवश्यक छ।”  

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares