You are here

एनएचपिसीद्वारा पुरस्कारसितै नगद राशि प्रदान

काली झोड़ाः स्वच्छ भारत अभियान अन्तर्गत स्वच्छता नै सेवा नाम गरेर गत 15 सेप्टेम्बरदेखि 2 अक्टुबरसम्म एनएचपिसी टिएलडिपी चरण चारद्वारा चलाइएको अभियानको समापन कार्यक्रम आज काली झोड़ास्थित विभागको एक भवनमा सम्पन्न भयो।

भारत सरकारद्वारा चलाइको स्वच्छ भारत अभियानअन्तर्गत एक हिस्सा स्वच्छता नै सेवा नाम गरेर क्षेत्रको विभिन्न ठाउँमा गत 15 सेप्टेम्बरदेखि एनएचपिसी विभागले विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो। उक्त कार्यक्रमअन्तर्गत क्षेत्रीय स्वच्छता, मानवीय स्वच्छता एवं विभिन्न सचेतना मूलक कार्यक्रमहरूद्वारा मानिसहरूलाई उक्त अभियानबारे सचेतना गराइरहेको थियो।

अभियान अन्तर्गत एनएचपिसी विभागले सिलगढी, काली झोड़ा, परियोजना क्षेत्र, कर्मठ वन बस्ती, बिरिक, काली मन्दिर आदि ठाउँहरूमा कार्यक्रम गरेको थियो। त्यस कार्यक्रममा उक्त ठाउँहरूका मानिसहरूले सहभागिता जनाएर कार्यक्रमलाई सफलता  दिलाएको थियो भने उक्त क्षेत्रका केही मानिसहरूलाई आज विभागको पक्षबाट पुरस्कृत पनि गरिएको छ।

विभागको मानव संशाधन प्रबन्धक पाण्डु गगराईद्वारा सञ्चालित कार्यक्रममा विभागको अधिकारीवर्ग साथै विभिन्न क्षेत्रका मानिसहरूले उपस्थिति जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विभागको पक्षबाट इलेक्ट्रिकल चिफ एन. के. भारद्वाजले उक्त अभियानको औचित्यबारे प्रकाश पारे।

उनले भने, ‘भारत सरकारद्वारा सञ्चालित उक्त कार्यक्रम मार्फत देशको सम्पूर्ण नागरिकहरूलाई स्वच्छतामाथि सचेतना गराउनु हो। यसका साथै हामी दैनिक जीवनमा आफ्नो निजी स्वच्छतामाथि ध्यान दिइरहेको हुन्छौँ। यस अभियान अन्तर्गत हप्तामा दुई घन्टा समाज स्वच्छतामाथि आफ्नो समय दिनुपर्छ।’

यसरी नै विभागको पक्षबा बी. के. लाकड़ाले गत 15 सेप्टेम्बरदेखि 2 अक्टुबरसम्म विभागले गरेको कार्यक्रमहरूबारे मानिसहरूलाई जानकारी दिएका छन्‌। एनएचपिसी परियोजनाको छेउछाउमा रहेको क्षेत्रहरूको सर्वाङ्‌गीन विकासका निम्ति सधैँ अग्रसर रहने बताए। कार्यक्रम गरी उक्त अभियानमा सहभागिता जनाएर सफल बनाउनुमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगकर्मीहरूलाई पुरस्कारसितै नगद राशि पनि प्रदान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares