दुइटुक्रा भएको शव फेला

डुवर्सः शिर शरिरदेखि अलग भएको एउटा शव आज बिहान माल जिआरपीले उद्धार गरेको छ। बुधबार बिहान नगरकट्टा थाना अन्तर्गत काली खोला रेल पुल माथि एउटा आदिवासी पुरुषको शव रेल लाइनमा रहेको भेटाइयो।

रेल जिआरपीले शवलाई  पोष्टमार्टमको निम्ति जलपाइगढी पठायो। पोष्टमार्ट रिपोर्ट पछि मात्र शवबारे बताउन सकिने माल जिआरपीका एएसआई मुकुन चन्द्र महन्तोले बताएका छन्।

शवको शिनाखत चेङ्गमारी चियाबारीको प्रेम नगर निवासी करम नायकको (४५) रुपमा गरिएको छ।

रेल पुलमाथि रेल लाइनमा दुई टुक्रा भएको शवलाई देखेर इलाकामा सनसनी मचिएको थियो।

स्थानीयहरुले भने अनुसार बुधबार बिहान काली खोला रेल पुलमाथि शिर शरिरदेखि अलग भएको एउटा शव देखेपछि इलाकामा होहल्ला मचियो।

मृतकका छोरा सलिन नायकले शवलाई शिनाखत गरेको पुलिसले बताएको छ। उनी मङ्गलबार रातीदेखि वेपत्ता थिए।

‘हामीले गाउँमा खोज्यौं तर पाएनौं। आज बिहान घटना सुनेर यहाँ आउँदा बाबालाई मृत अवस्थामा रेल लाइनमा पायौं,’ सलिनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment