You are here

आज जे भयो, त्यसको दण्ड विनय र अनितले हन्ड्रेट टेन पर्सेन्ट पाउनेछन्, गोर्खाल्याण्ड माग्ने कोही छैन भन्ने देखाउन कुटपिट गरिएको हो- विमल गुरूङ

दार्जीलिङः विनय तामाङ समर्थक मोर्चा कार्यकर्ताहरूले बङ्गालका भाजपा अध्यक्ष दिलिप घोष र अन्य भाजपा नेताहरूलाई कुटपिट गरेको घटनाको विरोध गर्दै मोर्चा प्रमुख विमल गुरूङले कठोर भाषामा भनेका छन्, ‘आज जे भयो, त्यसको दण्ड विनय र अनितले पाउनेछन्, उनीहरूले हाम्रो गणतान्त्रिक पद्धतिलाई नै च्यालेञ्ज गरेका छन्। उनीहरूले हद पार गरेका छन्, भोलिदेखि दार्जीलिङ पहाडमा जे पनि हुन्छ, त्यसको दायी राज्य सरकार हुनेछ।’

भोइजक्लिप सार्वजनिक गर्दै आजको घटना विनय तामाङहरूले बङ्गालको निर्देशन र षडयन्त्रमा गरेको आरोप लगाएका छन्।

‘केन्द्रले 15 दिनभित्रमा गोर्खाल्याण्डबारे वार्ता गर्ने भन्दै पहाड शान्त राखिदिने अपिल गरेका थिए, हामीले गृहमन्त्रीको अनुरोधलाई सम्मान गर्दै पहाड खुला गरेका थियौँ, विनय तामाङ र ममता व्यानर्जीले त्यसैको रिस गरेका हुन्,’ विमल गुरूङले भनेका छन्, ‘हाम्रो मुद्दा समाधानको स्थितिमा आइपुगेको बेला भाजपाका नेताहरूमाथि कुटपिट गरेर जम्मै कुरा बिगार्ने यो विनय तामाङहरूको षडयन्त्र हो। उनीहरूले मान्छे मताएर यसो गर्न लगाएका छन्। रक गार्डनका सुबोध, कराटे काइँलाहरूलाई कुट्न खटाएका छन्। भिडियो फुटेजमा हामीले देखेका छौँ। यसको हामी हन्ड्रेटटेन पर्सेन्ट जवाब दिनेछौँ।’

विनय तामाङ र अनित थापाले हद पार गरेको अनि यसलाई उप्रान्त सहन नगरिने पनि उनले बताएका छन्। दिलिप घोषहरू पहाडको स्थिति बुझ्न आएको अनि यसैको आधारमा वार्तामा गोर्खाल्याण्डबारे कुराकानी हुने तय भएको तर विनय तामाङहरूले उनीहरूमाथि आक्रमण गरेर सारा जनताको आकांक्षामाथि लात मारेको समेत गुरूङको आरोप छ।

‘उनीहरूले जुन हातापाई गरेका छन्, आउने दिनमा उनेरले त्यसको  नतिजा भोग्नैपर्छ। गणतान्त्रको सम्मान गरेर काम गरिरहेका थियौं, तर जुन अन्याय, अत्याचार गऱ्यो, यो अति भयो। विरोध गर्नु अर्कै कुरा हो, जुन मानिसहरूले हाम्रो कुरा वार्ताको टेबलमा राख्दैछन्, उसैलाई यसो गर्नु राम्रो होइन। यसको नजिता विनय र अनितले भोग्नैपर्छ,’ विमल गुरूङले भने, ‘केन्द्रले समिक्षा गरेर वार्ताको टेबलमा हाम्रो मुद्दा लैजाने काम गरेको छ, तर उनेरलाई नै यसो गर्नु राम्रो भएन। अब के गर्नुपर्छ हामी गर्छौं, घुममा पनि पुलिसले हाम्रो मान्छेलाई भगायो र कालो झण्डा देखाउनेलाई सुरक्षा दियो। पहाडमा गोर्खाल्याण्ड माग्ने कोही छैन भन्ने देखाउन विनय र अनितले यसो गरेका हुन्। जनताले यसको विरोध गर्नुपर्छ।’

उनले पहाडमा भएको बम विस्फोट पनि ममता व्यानर्जीकै निर्देशमा विनय तामाङहरूले गरेको अनि अब कुनै पनि षडयन्त्र सहन नगर्ने उनले दाबी गरेका छन्।

‘अब पहाडमा जे पनि हुन्छ त्यसको दायी राज्य सरकार नै हुनेछ। दोषीहरूलाई पक्राउ गरिएको हुनुपर्नेछ,’ गुरूङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares