विमल आइडल, अनित मेन्टर हुन्, हामी दुवैसित छौँ-खरसाङ नगरापालिका बोर्ड

खरसाङ: जिटीएको चेयरम्यान बिनय तामाङ र भाइस चेयरम्यान अनित थापालाई खरसाङ नगरपालिकाको वार्ड पार्षदहरूले समर्थन गर्दै सौहार्दपूर्ण भेट गरेका छन्।

खरसाङ नगरपालिकाका भाइस चेयरम्यान ब्रिगेन गुरुङको नेतृत्वमा शुक्रबार यहाँको टुरिस्ट लजमा भेट गरेका छन्। शुक्रबार जिटीए चेयरम्यान बिनय तामाङ पनि खरसाङ आइपुगेका थिए। तिनको उपस्थितिमा खरसाङ नगरपालिकाको वार्ड पार्षदहरूद्वारा नगरपालिका बोर्डको कार्यहरु र विकास कार्य विषयमा चर्चा गरेका छन्।

खरसाङ नगरपालिकाको २० वटामा १७ वटा वार्डहरुमा गोजमुमोले जितेर बोर्ड गठन गरेको थियो। यसबारेमा नगरपालिकाको भाइस चेयरम्यान ब्रिगेन गुरुङले आफ्नो स्पष्टीकरणमा भने, हामी समर्थन गर्ने, नगर्ने पक्षमा होइन तर नगरपालिकाको जनहितको पक्षमा कार्य गर्ने निकाय भएको कारणले जिटीएको चेयरम्यान र भाइस चेयरम्यानलाई भेट गरेका हौँ। हामी बिमल, बिनय र अनित भन्ने होइन तर हामी सबै एउटै पार्टी गोजमुमोमा नै छौँ।

आफूहरूले जनकल्याण गर्नलाई जिटीए चेयरम्यान र भाइस चेयरम्यानसित भेट गरेको भन्दै तिनले भने, ‘बिमल गुरुङ हाम्रो आइडल हुन्। अनित थापा हाम्रा मेन्टर हुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment