म खरसाङको मात्रै होइन दार्जीलिङ पहाडकै लिडर भइसकेको छु- अनित थापा

खरसाङ : ‘मैले नचाहँदा नचाहँदै पनि नेता हुन परेको छ। ‌अब पक्का लिडर भएँ। म खरसाङको मात्रै होइन दार्जीलिङ पहाडकै लिडर भइसकेको छु,’ खरसाङमा आयोजित गोजमुमोको ११ औं स्थापना दिवसमा प्रमुख वक्ताको रुपमा बोल्दै जिटीएका भाइस चेयरम्यान अनित थापाले यसो भने।

तिनले खरसाङको विकास गर्नु आफ्नो पहिलो उत्तरदायित्व रहेको बताउँदै उप्रान्त पहाडकै उत्तरदायित्व लिएर काम गर्ने पनि बताए।

थापाले सन् २००७ मा गोजमुमो स्थापना दार्जीलिङस्थित उनको दोकानमा बिमल गुरुङ, बिनय तामाङ र अनित थापा भएर गरेको रोशन गिरी पछिबाट आएको बताए। ‘म गणतान्त्रिक आन्दोलनमा विश्वास गरेर अघि बढ्न चाहन्छु, हाम्रो आइडोलजी गोर्खाल्याण्ड हो, यसलाई कहिले पनि छोड्नु हुँदैन,’ उनले भने, ‘बिनय र मैले प्रथमपल्ट मुख्यमन्त्री ममता समक्ष गोर्खाल्याण्डको माग गरेका हौँ। मैले गोजमुमो पार्टीको बगावत गरेको होइन तर बगावत त सिद्धान्तको गरेको हो।  म मात्रै थिएँ अध्यक्ष बिमल गुरुङको विरोध गर्ने अनि म ‌नै प्रथम बगावत गर्ने व्यक्ति भएँ।’

आफूहरूले मोर्चालाई बचाउने निर्णय लिएको अनि  कोलकतामा पनि गोर्खाल्याण्डको माग गरेको बताए। ‘नरेन्द्र मोदीले गोर्खाहरुको सपना मेरो सपना भनेको कुरा बिपना भनेको होइन। हामीले पो नबुझेको हौं,’ उनले अझ भने, ‘गोर्खाल्याण्ड माग्न दिल्लीमा बोल्न सक्ने बुद्धिजीविहरु पठाउनुपर्छ। मेरो बिमलसित सोच मिलेन र मैले आफ्नै तरिकाले गोर्खाल्याण्ड माग्नु पाउनु पर्छ भनेको हुँ।’

गोजमुमोको तीनवटा आन्दोलन विफल भएको बताउँदै विकास गर्नु हो भने सरकारसित मिलेर काम गर्नु पर्ने पनि बताए।

‘१० वर्षमा खरसाङमा केही विकास भएन तर अब सबै मिलेर अघि बढ्नुपर्छ अनि गोर्खाल्याण्डको मागलाई पनि छोड्नु हुँदैन। गोर्खाल्याण्ड हाम्रो आइडोलजी हो। तर मागमा परिवर्तन गर्नुपर्छ। अब जनतालाई दुःख दिनु हुँदैन। आन्दोलन गर्न अघि सबै गोर्खाहरु एक भएर विकास गर्नुपर्छ। त्यसपछि कार्यक्रम फ्याक्नुपर्छ,’ थापाले भने।

शनिबार खरसाङको जीडीएनएस हलमा गोजमुमोको ११ औं स्थापना दिवस जिटीएको भाइस चेयरम्यान अनित थापा, खरसाङका विधायक डा० रोहित शर्मा, पूर्व सभासद प्रभा छेत्री,जीटीए बोर्डको सदस्यद्वय अनु छेत्री,जैतुन निशा,करुणा गुरुङ लगायत अन्य उपस्थित भएर पार्टीको झण्डा उत्तोलन गरे।

झण्डा उत्तोलन कार्यक्रमपछि  जीडीएनएस हलमा आरबी लामाको अध्यक्षतामा सभा सम्पन्न भयो जसलाई  विभिन्न वक्ताहरुले सम्बोधन गरेका थिए। यसै सभामा सिटोङ लाटपञ्चर समष्टीको पार्टी कार्यकर्ताहरुले‌ अनित थापालाई भेट गरी समर्थन जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment