You are here

धानखेतमा जङ्गली हात्तीः धेरै घर नष्टः कृषकहरू सङ्कटमा

डुवर्सः नगरकट्टा ब्लकको आङराभाषा–१ अन्तर्गत केराबारी बस्तीमा पाक्न लागेको धानको पसल जङ्गली हातीले नष्ट गरेको छ। यसले गर्दा लगभग ३ सय भन्दा अधिक कृषक परिवार सङ्कटमा परेका छन्।

वर्षभरि खाने अन्न नै हातीले नष्ट गरेपछि स्थानीय कृषकहरु ठूलो मारमा परेका छन्। लुकसान ग्राम पञ्चायत अन्तर्गत रहेको ग्रासमोड चिया कमानको ४ न. लाइनमा ३ वटा घर पनि हातीले भत्काइदिएको छ।  तालाबन्दी रहेको धरनीपुर चिया कमानका श्रमिक आवास क्षेत्रमा पनि हातीले ताम्डव मचाउँदै तीनवटा घर भत्काइदिएको छ।

कतैको घर अनि कसैको फसल नष्ट भेको छ। यता धरनीपुर चिया बारीका पीडित परिवारहरूले त आज खुल्ला आकाश मुनि नै खाना पकाएर खाएको देखियो।

ग्राममोड़ चियाबारीको ३ न. लाइनकी रिसकिला बडाइक, मङ्गरा उराँव अनि अरुण उराँवको घर पनि भत्काइदिएको छ। धरणीपूर चियाबारीको बापाई लाइनमा पनि हातीले ताण्डव मच्चाएको थाहा लागेको छ। यहाँ शङ्कर मण्डल, लख्खी ग्वाला अनि डोली नट्टोको घर भत्काइदिएको छ।

केरन बीटका बीटअधिकारी नारायण चन्द्र साहाले सरकारी नियम अनुसार क्षतिपूर्ति दिइने बताएका छन्। आङराभाष –१ ग्राम पञ्चायतकी उपप्रधान पार्वती छेत्रीले २५० भन्दा अधिक कृषक परिवार मारमा परेको बताएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares