गोजमुमो तीनधारे महानदी समष्टी पनि अनित थापासितः आन्दोलन गर्न अघि पहाडको ढाँचागत विकास गर्न आवश्यक

खरसाङ : आन्दोलन त्यागेर जीटीए सञ्चालन गर्ने भएपछि चेयरम्यान बिनय तामाङ र भाइस चेयरम्यान अनित थापाको पक्षमा पार्टी कार्यकर्ताहरू अघि आउने क्रम बढ्दै गएको छ।

आइतबार पनि गोजमुमो तीनधारे महानदी समष्टीको सभा समष्टीको उपाध्यक्ष राजु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सभा पूर्व सभासद एंव वर्तमान जीटीए भाइस चेयरम्यान  अनित थापालाई समर्थन र सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

सभामा तीनधारे महानदी समष्टीको ९ वटा खण्ड समितिको पार्टी कार्यकर्ताहरू एंव पदाधिकारीहरु उपस्थित थिए। सभामा ९ वटै खण्ड समितिको एक एकजना प्रतिनिधिले साङ्गठानिक विषयमा वक्तव्य राखे। सभामा युवा मोर्चा तीनधारे महानदी समष्टीको सभापति अनिल राईले पहिलेको नेतासित बोल्न पनि डर हुने बताउँदै अहिले हामी गणतान्त्रिक आन्दोलन गर्न अघि आएको बताए।

तिनले गोर्खाल्याण्डको आन्दोलनमा आफ्ना समष्टीले खरसाङको हरेक आन्दोलनमा मुख्य भुमिका निर्वाह गरेको पनि बताए। चालक सङ्गठनको पक्षमा मन्ना त्रिखत्रीले आफूले अनित थापा समूहको प्रथम समयमा नै समर्थन गरेर रिक्स लिएको अनि आफूहरुले तिनलाई खरसाङमा विरोध हुँदाहुँदै पनि समर्थन गरेको र सफल पनि भएको बताए।

‘पहिले पार्टीमा सिस्टम राम्रो थिएन तर अबदेखि पार्टी सिस्टम अनुसार चल्नुपर्छ,’ त्रिखत्रीले अघि भने, ‘समष्टीका नेताहरु चौकी तताएर बसेर मात्रै हुँदैन अब सबै शाखाहरूतिर गएर कार्य गर्नुपर्छ। हामी ए र बी होइन तर हामी सबै एकै हौँ। अनित थापा समूहको सोच र गणतान्त्रिक आन्दोलनलाई सहयोग र समर्थन गर्ने आह्वान गर्दछु।’

समष्टी सचिव सन्जीव लामाले अनित थापा समूहको गान्धीवादी र अहिंसात्मक आन्दोलनलाई समष्टीको तर्फबाट सहयोग गर्ने बताउँदै अब आन्दोलन गर्न अघि पहाडको ढाँचागत विकास गर्न आवश्यक रहेको बताए।

अब तीनधारे महानदी समष्टीको ९ वटा खण्ड समितिको साङ्गठानिक सभा चाँड़ै गरिने अनि आगामी २९ अक्टोबरको दिन महानदीमा हुने समष्टीको सभामा रिपोर्ट बुझाउन पर्ने पनि बताए।

सभामा समष्टीको सभापति रबिन सुब्बा लगायत साङ्गठानिक सचिव उत्तमकुमार छेत्री, सह सचिव राजीव राई लगायत ९ वटै खण्ड समितिको पार्टी प्रतिनिधिवर्ग उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment