कान्चा-को ‘पोस्ट-हिन्दू इण्डिया’-विवादः ‘कोही जिब्रो काट्छु भन्छन्,  कोही मार्छु भन्छन्’

लेखक एवं चिन्तक कान्चा इलैया सेपहर्ड विवादको अर्को नाम हो। 2009 मा लेखिएको उनको पुस्तक  पोस्ट-हिन्दू इण्डिया लाई लिएर व्यापक विवाद छ। विरोध त छँदैछ, उनले ज्यान लिनेसम्मको धम्की पाएका छन्। यसै सम्बन्धमा द वायरको लागि मिनाक्षी तिवारीले लिएको अन्तरवार्ताको नेपाली अनुवाद-ः


हैदराबादका मौलाना आजाद नेशनल उर्दू यूनिभर्सिटीमा पढाउने काञ्चा इलैया सेपहर्डले आफ्नो पुस्तक ‘ह्वाई आई एम नट अ हिन्दू’ मा जातिवादी व्यवस्थामाथि तिखो टिप्पणी गरेका थिए। यसपल्ट उनको 2009 मा लेखिएको किताब ‘पोस्ट-हिन्दू इण्डिया’ लाई लिएर विवाद छ। किताबमा विभिन्न जातिमाथि लेखिएका लेखहरूको ऋङ्खला छ, जो भर्खर तेलेगुमा अनुवाद भएको थियो। यस किताबको एउटा लेखमा आर्य-वैश्य अर्थात बनिया समुदायलाई ‘सोशल स्मगलर’ (सामाजिक तस्कर) भनिएको छ।

यसपछि नै यस समुदायबाट किताबमाथि व्यापक विरोध भयो। यसैबीच उनलाई मार्ने धम्की समेत दिइएको छ।


तपाईँका किताब  ‘पोस्ट-हिन्दू इण्डियालाई लिएर किन विवाद हो?

किताबमा आर्य-वैश्य समुदायलाई लिएर एउटा लेख थियो, जो हालैमा तेलेगुमा अनुवाद भयो। यसपछि यस समुदायका मानिसहरूले यसबारे आलोचना शुरू गरे।

यो बाहेक तेलेगु देशम पार्टीका राज्यसभा सांसद टीजी वेङ्कटेश, जो तेलङ्गाना अनि आन्ध्र प्रदेशका आर्य-वैश्य समुदायका सबैभन्दा धनि व्यक्तिहरू मध्ये पर्छन्, मेरो विरुद्ध फतवा जारी गरेका थिए। उनले मलाई बीच सड़कमा मार्ने धम्की दिएका थिए। जस्तो मिडल इस्टमा मानिसहरूलाई फाँसीमा झुण्डाइन्छ। यो 17 सितम्बरको कुरा हो…

तर द हिन्दू  सितको कुराकानीमा उनले फतवा जारी नगरेको बताए। उनी केवल भावुक बनेका थिए रे। उनलाई चेतावनी थियो रे कि किताब बेन नगरे स्थिति नियन्त्रणदेखि बाहिर जानसक्छ… 

स्थिति नियन्त्रणदेखि बाहिर जाने भन्ने कुरामा उनको के आशय थियो? उनी मलाई मार्न चाहन्छन्, मैले लेखेका सबै किताब नष्ट गर्न चाहन्छन्, के यही होइन र?  स्थिति नियन्त्रणदेखि बाहिर जाने कुराको अर्थ के हो? हेर्नुस, उनी धेरै धनि मानिस हुन्। 50 ऐकरको घरमा बस्छन्। सम्पति थुपारेको कतिवटा अपराधिक मामिलामा उनको नाम छ।

मैले त किताब लेखेर मेरो अभिव्यक्तिको स्वाधिनताबारेको हक उपयोग गरेको हुँ। उनलाई पनि बौद्धिकरुपले विमर्श गर्ने अधिकार छ। अथवा उनका ती प्रोफेसर या शिक्षाविद्ले यसको जवाब दिन सक्छन्, उनीहरू जो विचारधारामा विश्वास राख्छन्।

कुरा सोझो छ, म त घरिघरि भन्छु, आर्य-वैश्य वा बनिया समुदायका भारतीय व्यापारमा ठूलो भागीदारी छ। चाहे अम्बानी होस्, अडानी वा वेदान्ता जस्ता समूह, देशका उद्योगहरूमा लछ्याप्रै निवेश यसै समुदायबाट भइरहेको छ।

आँकड़ा अनुसार कर्पोरेट क्षेत्रका 46% डायरेक्टर यसै समुदायका छन्। मेरो प्रश्न हो, अन्न उमार्ने कृषक उब्जनी बिग्रिएकोले मरिरहेका छन्, यसमा के जिम्मेवार छ? म यसैकारण निजी क्षेत्रमा पनि आरक्षणको कुरा गरिरहेको छु। उनीहरूमा मात्र योग्यता छ, यो त साँचो र यथार्थ होइन। हामीसित धेरै लायकहरू छन्।

कस्तो धम्की पाउनु भो?

कोही जिब्रो काट्छु भन्छन्,  एक नेताले त शारिरिक आक्रमण नै गर्ने भनेका हुन्।  23 सितम्बरमा मलाई आक्रमण गरियो। मलाई मार्ने लक्ष्यले नै कारमा आक्रमण गरिएको थियो। भीडको हातमा चप्पल र ढुङ्गा थियो। यस्ता मानिसहरू सबैतिर फैलिएका छन्।

यस समुदायले माफ्ना मानिसहरू तैनाथ गरेका छन्। ती मानिसहरूलाई किनिएको छ। महिलाहरू आएर मेरो फोटो च्यात्दैछन्। केट्केटीहरूलाई मेरो फोटोमा मुत्न अह्राइएको छ। फोनबाट अभद्र गाली गर्दैछन्। यो कस्तो संस्कृति हो?

उनीहरू भन्छन्, उनीहरू महात्मा गान्धीको समुदायबाट हुन्।  तर महात्मा गान्धीको अम्बेदकरसित धेरै लोकतान्त्रिक सम्बन्ध थियो। तिनै अम्बेदकर जसले ‘एनिहिलेशन अफ कास्ट’ लेखे। यसबारे गान्धीले नै भनेका छन्, ‘यस्तो स्थितिमा तपाईँ अझ दह्रोसित लेख्न सक्नुहुन्थ्यो।’

तर म यसो भन्दिन, कि दलितहरूलाई हिन्दू धर्मबाट अलग गरुन्। तर यी समुदाय के गरिरहेका छन्। के 21 औं शताब्दिमा पनि पुरै औद्यौगिक अनि बौद्धिक ताकत यसैसित हुँदाहुँदै पनि कोही यस्ता अर्थशास्त्री छैनन्, जो मैले लेखेको किताबमा तर्क र त्यसको खण्डन गर्न सकुन्।

तपाईँका गुनासोमाथि मुख्यमन्त्री वा सरकारबाट कुनै प्रतिक्रिया आयो?

आएन। ऐलेसम्म तेलङ्गाना सरकार खासगरेर मुख्यमन्त्री (के. चन्द्रशेखर राव) ले यसबारे केही भनेका छैनन्। तर उनका कैयौं मन्त्री लगातार आर्य-वैश्य समुदायका मानिसहरूसित उठबस गरिरहेका छन्। मेरो विरुद्ध वयानबाजी गरिरहेका छन्।

तर के. चन्द्रशेखर रावले मलाई दिइएको धम्कीबारे निन्दा गरेनन्। त्यो धम्की चाहे टीजी वेङ्कटेशको होस् वा अरू कसैको होस्। अर्थात स्पष्ट छ, एक पीड़ित नागरिकलाई बचाउनको साटो सरकारको चासो अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गर्ने, डर देखाउने, धम्काउने, मार्ने धम्की दिनेहरूलाई बचाउनमा छ।

तपाईँले सुरक्षाको माग गर्नु भयो त?

मैले दुइवटा एप्लिकेसन दिएको थिएँ। कुनै कार्वाही भएन। स्थानीय थानामा मेरो एक साथीले पनि एप्लिकेसन गरेका हुन्। थाना भन्छ, मेरो उजुरी माथि पठाइदिएको छु। उनीहरूले भन्ने माथि-का कमिश्नर, डीआईजीलाई पनि निवेदन गरिएको हो। तरै पनि मलाई कुनै पनि सुरक्षा दिइएन।

जहाँसम्म मेरो गुनासोको कुरा छ,  परकाल ( तेलङ्गना)-मा भएको घटनाबारे मामिला दर्ता गरिएको छ।  टीजी वेङ्कटेशको धम्कीवाला मामिलाबारे मिडियामा आएको पुलिस रिपोर्टले भनेको छ, उनीहरूले मेरो निवेदन पाएका छन्। तर प्राथमिकी दर्ता भएको छैन। मलाई थाहा छैन, किन के कारण यस्तो भइरहेको छ।

टीजी वेङ्कटेशको बयानपछि कोही कोही त तपाईँलाई  विदेशी एजेन्ट पनि भन्दैछन्।

मेरो प्रश्न छ, कुनै स्कलरलाई, जो किताब लेखिरहेका छन्, उसलाई कसरी विदेशी भन्न सकिन्छ? के मैले कुनै ठूलो ऱ्याली निकालेको छु? हवाईजहाज किनेको छु? म केवल शिक्षामा अङ्ग्रेजी माध्यम ल्याउने कुरा गरिरहेको छु। यसको लागि अभियान चलाइरहेको छु। लेखककोरूपमा म पैसा कमाइरहेको छु, कोही पनि मेरो शैक्षणिक योग्यता हेर्न सक्छन्। उनीहरूले हाईकोर्टमा मुद्दा हालेका छन्, कोर्टलाई नै फैसला गर्न दिउँ।

म कानून पालन गर्ने नारिक हुँ। तर म शारिरिक हानी गर्ने कुनै पनि धम्की, जो मृत्युमा पनि बद्लिन सक्छ, सहन गर्दिन। किन भने बुद्धिजीविहरूले पाउने यस्ता धम्कीको कारण नै त्यस्तो ज्ञान जन्मिन सकेको छैन, जसबाट देशमा परिवर्तन आउन सक्छ।

तपाईँले किताबमा लेखेको कुरा फिर्ता लिन केही माग राख्नुभयो रे भन्ने हल्ला छ नि

हजुर, मेरो भनाई हो कि यो किताब 2009 मा  निजी क्षेत्रमा आरक्षण दिनुपर्ने मुद्दाको सन्दर्भमा लेखिएको थियो।  2007 मा काङ्ग्रेसले निजी क्षेत्रमा आरक्षण दिने प्रस्ताव शुरू गरेको थियो। आज 2017 को निजी क्षेत्र 2007 को तुलनामामा दुइतीन गुणा समृद्ध छ। अहिलेको समयमा देशमा कृषकहरू आत्महत्यालगायत कैयौं साह्रोगाह्रोसित जुझिरहेका छन्।

मेरो प्रश्न छ कि के निजी क्षेत्रको सामाजिक जिम्मेदारी बन्दैन, कि उसले किसानहरूको सुरक्षाको निम्ति फण्ड दिउन्। उनको मुनाफाको 1 प्रतिशत नै किन नहोस्, मेरो हिसाबमा त्यति काफी हो।

म बुझ्दिन, कि तपाईँ त्यसलाई कसरी राष्ट्रीय उद्योग भन्नुहुन्छ, जब तपाईँको अन्न उमार्नेहरू नै मरिरहेका छन्। फेरि तपाईँ किन उनीहरूलाई सहयोग गर्नुहुन्न?

कृषकहरूको लागि कुनै अम्बानी फाउन्डेशन, अडानी फाउन्डेशन किन देखिँदैन? जबदेखि भाजपा सरकार आयो तबदेखि  यूरोप र अमेरिकाका फाउन्डेशनको सहयोग पनि बन्द भयो। फोर्ड फाउन्डेशनको सहयोग बन्द भयो अनि भारतीय उद्योगहरूको पक्षबाट सहयोग गर्ने वा परोपकारी संस्थाहरू बनाइएन।

भाजपाको नोटबन्दीले प्राइभेट सेक्टरलाई अझ समृद्ध बनाएको छ। उ सैनिकहरूलाई देशभक्तिको प्रतीक बनाइरहेछ। तर चीन, पाकिस्तान वा कश्मीर सीमामा खडा फुट सोल्जर कुन अवस्थामा छन्, त्यसमा धेरैजसो एससी, एसटी अनि ओबीसी छन्। उनीहरूले 20-25 हजार मासिक रुपियाँ पाउँछन्। उनीहरूको आमा बाबा उनीहरूलाई सम्पर्क गर्न पाउँदैनन्। म ती सिपाहीका परिवारको एक सदस्यको लागि प्राइभेट जब माग्दैछु।

यदि उ यति देशभक्त हो भने उसले यी परिवारको लागि केही गर्नुपर्छ। प्रधानमन्त्री अनि भाजपा सरकार घरिघरि भन्छ, उनीहरूलाई दलितहरू अनि सिपाहीहरूको चिन्ता छ, त्यो चिन्ता जमिनमा कहाँ देखिन्छ? त्यो समुदायको लागि कुन कदम उठाइएको छ? जसबाट उनीहरूको जीवनमा कुनै फरक पारेको होस्।

यदि उ हिन्दू राष्ट्र हो, हिन्दू उद्योग हो भन्छ भने उ ईसाई फिलान्थ्रोपिक (परोपकारी) संस्थाहरूभन्दा धेर सहयोगी हुनुपर्छ। उसको दाबी छ, 80 प्रतिशत मानिस हिन्दू हुन्।  मुस्लिम, ईसाइसित तपाईँको प्रतिरोध हुनै सक्ला तर जसलाई तपाईं हिन्दू मान्नुहुन्छ, उसको लागि के गरिरहनुभएको छ त?

यो किताब 2009 मा अङ्ग्रेजीमा लेखियो, तर अब 2017 मा जब यसको अनुवाद तेलेगुमा भयो, तब नै विवाद भयो।  बितेका वर्षहरूमा लेखकहरूमाथि भएको आक्रमणलाई हेऱ्यौँ भने सबै स्थानीय भाषामा लेखेको कारण नै भएको छ, चाहे दाभोल्कर होस्,  कलबुर्गी वा गौरी लङ्केश होस्। त्यसो भने आफ्नो कुरा स्थानीय भाषाबाट नै पुऱ्याउन सकिन्छ भनेर भन्न सकिन्छ?

यहाँ म दुइवटा तथ्य राख्न चाहान्छु, पहिलो त अङ्ग्रेजी लेख्ने पढ्नेहरू धेरै तर्कशील छन्, तर स्थानीय भाषा जान्ने बुझ्नेहरू उति प्रबुद्ध छैनन्। यसकारण स्पष्ट छ, सामुदायिक स्तरमा आक्रोस बढ्ने सम्भावना, स्थानीय भाषामा अनुवाद भएपछि नै बढी हुन्छ।

यी सबै विवादको सन्दर्भमा भनौं भने स्थानीय भाषाका अखबारहरूले, चाहे सम्पादकीय होस्, वा खबर होस्, उसले भावनाहरूको न पुष्टि गर्छ न सबै घटनालाई अभिव्यक्तिको स्वतन्त्रताको पक्षबाट हेर्छ। यसो भन्न सकिन्छ, कि स्थानीय भाषाको विमर्शमा एक भावनात्मक रूढ़िवादिता देखिन्छ। त्यही रूढ़िवादिता पब्लिक सेन्टीमेन्टको रूपमा अघि बढ्छ।

अर्कोतिर अङ्ग्रेजी मिडिया चीजलाई अलग दृष्टिले हेर्छ। ठिक नठिक छुट्याउँछ।  तपाईँ पुरै एक जातिलाई चिह्नित गरेर भन्नुहुन्छ कि दलित ‘अछूत’ हुन्। ओबीसी ‘समझदार’  छैनन्, ‘अयोग्य’  हुन्छन्। तर जब आर्य-वैश्यलाई ‘सोशल स्मगलर’  भनियो, त्यो गलत भइगयो। यो त भावनाहरूको यूनिवर्सल (सार्वभौमिक) समझको बारेको कुरा हो।

जस्तो अङ्ग्रेजी पढ्नेहरू धेरजसो एडम स्मिथको ‘मोरल सेन्टीमेन्ट्स’ (नैतिक भावनाहरू)को थ्योरीसित परिचित छन्। तर तेलेगुमा यसबारे कसैलाई थाहा छैन। यही एक मुख्य अन्तर हो, जो मैले देखेँ, यसबारेमा म लेख्नेछु।

लेखकहरूमाथि आक्रण हुनु कुनै नयाँ कुरा रहेन। सरकार काङ्ग्रेसको होस् वा भाजपाको। आक्रमण त हुन्छ नै। के कुनै सरकारले लेखकहरू वा बुद्धिजीवीहरूलाई सुरक्षित, भयमुक्त माहौल दिन सक्छ? के साँच्चैमा उ महसुस गर्छ उनीहरूसित लेख्ने स्वाधिनता छ भनेर?

ठिकै हो, तर ठूलो कुरा त  यो हो, कि जब भाजपाको सत्ता आयो, तबदेखि नै यो ‘मब लिन्च’ संस्कृति धेरै देखिन थाल्यो। चाहे खानेपिउने कुरामा होस् वा कुनैमा। तेलङ्गाना र आन्ध्र प्रदेशका यी क्षेत्रमा भाजपाले राजनैतिकरूपले दलितहरूको कुनै पनि प्रदर्शनमा सहभागिता दिँदैन। तर कुनै पनि यस्ता (आर्य-वैश्य विवाद) का कुनै पनि मुद्दा हुन्छ, त्यसमा भने पुगिहाल्छ। जहाँ कुनै पनि धनि मानिसहरूको कुरा हुन्छ, त्यसमा समर्थन गरिहाल्छ। यो त लोकतन्त्र होइन नी।

प्रधानमन्त्री गान्धी र बुद्धको कुरा गर्छन्, तर जब पनि दलितहरूमाथि कुनै पनि आक्रमण हुन्छ, उनेरको त्यही शिक्षा विपरित दिशामा कुद्छ। दलित, आदिवासीहरूको कुनै पनि विरोध प्रदर्शन उनीहरूले आयोजना गरेका छैनन्।

फेरि पनि भन्छु, भाजपा आएपछि यो डर अझ बढेको छ। उसको सरकारमा आध्यात्मिक मानिसहरू अर्थात साधु-सन्यासीहरू धेरै सक्रिय बनेका छन्। गौरक्षा राष्ट्रीय मुद्दा बन्यो।

लिन्चिङ्गका घटनाहरू बढेका छन्। जब उनीहरूको नीतिमाथि कसैले प्रश्न गर्छन्, खुलेआम उनीहरूलाई धम्की दिइन्छ।

मेरै उदाहरण लिनुहोस्, म अपरिचित मान्छे होइन। म स्थानीय लेखक पनि होइन। राष्ट्रीय-अन्तराष्ट्रीयस्तरमा लेख्छु। टिभीको डिबेटमा हिस्सा लिइरहेका भाजपाका प्रवक्ताहरूसित पनि मेरो कुरा हुन्छ। उनीहरू भन्छन् कि म भाजपाको कठोर आलोचक हुँ तर काङ्ग्रेसको बेला लेखिएको किताबमाथि विवाद हुँदैछ। भाजपाको मानसिकता बुद्धिजीवीहरू अनि समाजवैज्ञानिकहरूको विरुद्ध छ।

यो त दक्षिणपन्थीहरूको कुरा भयो, तर तपाईँ त भन्नुहुन्छ लेफ्ट र लिबरल्स पनि दलितहरूप्रति भेदभाव गर्छन्।

हो, यो पक्का हो। मेरो मुद्दा नै यही हो, कि यो आर्य-वैश्य अर्थव्यवस्था अनि सोशल स्मग्लिङसित जोडिएको मुद्दामा लेफ्ट र लिबरल्स किन मौन छन्। उनीहरू यसको आलोचना गर्न सक्थे, कि यो कन्सेप्ट सही होइन। यी समुदायमा यो लागू हुन सक्दैन। भारतीय उद्योग किनबेचमा धेरै पारदर्शी छ, यो केवल एउटा ‘बनिया बजार’ होइन।

न त लिबरल्स, न त लेफ्ट-बाट, कोही सामु आइरहेका छैनन्, जो यसबारे कुरा गरुन्। म एउटा आधारभूत प्रश्न उठाइरहेको छु, कि के भारतीय उद्योगको अन्न उमार्नेहरूप्रतिको कुनै नैतिक जिम्मेवारी छैन? यो कुनै इसाई वा मुस्लिमको मुद्दा होइन, तरै पनि उनीहरू किन मौन? यो कास्ट होइन, क्लासको पनि कुरा हो। म यही कुरामा लेफ्ट शिक्षाविदहरूको दृष्टिकोण जान्न चाहन्छु।

यस्तो पनि भनिन्छ, कि मिडियाले यस मुद्दालाई ठिकसित रिपोर्ट गरेको छैन, तपाईँप्रति भेदभाव अप्नाउँछ।  तपाईँलाई नि यस्तो लाग्छ?

हेर्नुस, यी दुई  तेलेगु भाषी राज्यमा मिडिया पनि दुइभागमा बाँडिएको छ। एउटा यो मुद्दाको बहसलाई व्यालेन्स गर्ने कोशिश गर्दैछ। तेलेगु अखबारको रवैया केही रुढ़िवादी छ। अभिव्यक्तिको स्वतन्त्रतामाथि यो आक्रमण हो भनेर उनीहरूले एउटै पनि सम्पादकीय छापेनन्। तर अङ्ग्रेजी मिडिया अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा देखिन्छ। जब कि यो मिडिया ती नै उद्योगपतिहरूले चलाउँछन्। मलाई लाग्छ, त्यहाँ पनि केही आशा बाँकी छ।

यो पक्कै हो, कि त्यहाँ पनि दलितहरुको मुद्दा, उनीहरूमाथिको अत्याचारको समाचार साह्रै त्यसरी आउँदैन, जसरी आउनुपर्थ्यो। जसरी सवर्णहरूको समाचार आउँछ। मुख्य कारण त त्यो पनि हो, कि मिडियाको ठूलो पदमा धेरजसो सवर्ण नै छन्। म यो पनि भन्छु, कि यस्ता कति सवर्ण महिलाहरू छन्, जो दलित अनि आदिवासीहरूको मुद्दाप्रति संवेदनशील छन्।

तपाईँ आफैले 4 अक्टोबरसम्म घरैमा नजरबन्दी गर्ने कुरा गर्नु भएको थियो, अहिले स्थिति कस्तो छ, के तपाईँ बाहिर आउनुहुन्छ?

हो, म 5  अक्टोबर उस्मानिया युनिभर्सिटीमा भारतमा अङ्ग्रेजी शुरु भएको 200 वर्ष भएको अवसरमा गरिएको कार्यक्रममा पुगेको थिएँ। त्यसै दिन मेरो 65 औं जन्मदिवस पनि थियो। त्यसपछि हामीले उस्मानियाबाटै दुइ तेलेगु भाषी राज्यका सबै सरकारी स्कूलमा अङ्ग्रेजी माध्यम गर्ने आन्दोलन शुरु गरेका थियौँ।


अनुवादः मनोज बोगटी

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment