You are here

गिरीले गरे विनयको आरोपको खण्डनः भने, मुद्दा र विमल सकिएको छैन

दिल्लीः गोर्खाल्याण्ड आन्दोलन हुनुम रोशन गिरी दायी रहेको विनय तामाङको आरोपलाई रोशन गिरीले खण्डन गरेका छन्।

‘हिजो कालेबुङबाट विनय तामाङले मलाई व्यक्तिगत तौरमा आक्रमण गर्दै गोर्खाल्याण्ड आन्दोलन विफल हुनुमा मुख्यरूपले म जिम्मेवार रहेको जुन आरोप लगाएको छ, उनको त्यस बयानको म सरासर खण्डन गर्न चाहन्छु। हालमा म दिल्लीमा रहिरहेको भएतापनि दिल्लीमै बसेर पनि गोर्खाल्याण्डको निम्ति मैले केन्द्रिय मन्त्री एवं भाजपाका नेताहरूसित बातचित गरिरहेको छु,’ प्रेस विज्ञप्ति जारी गर्दै गिरीले भनेका छन्, ‘भाजपा नेता र मन्त्रीहरूसित भएको बातचितहरूबारे मैले विनय तामाङसित लुकाएको कुरा पनि झूट हो। सबै कुराकानी विनय तामाङलाई पनि बताउँदै आइरहेको छु।’

विनय तामाङ र अनित थापाले राज्य सरकारसित मिलेर उनीविरूद्ध धेरै झूटो मुद्दाहरू लगाएका बताउँदै दिल्लीमै बसेर पनि आफूले गोर्खाल्याण्डको निम्ति कार्य गरिरहेको बताएका छन्।

‘केन्द्रका मन्त्री अनि भाजपाका नेताहरूसित बातचीत गरिरहेको छु। उनीहरूलाई पनि हामीलाई जस्तै कानूनी मुद्दाहरू लागेको छ, तरैपनि उनीहरूले पुलिसको सुरक्षा पाइरहेका छन्। गोर्खाल्याण्डको सत्य सिपाही भएकोले हामीलाई खोजी तलास भइरहेको छ,’ गिरीले भनेका छन्, ‘यदि हामी पनि राज्यसित मिलेको भए हामी पनि खुल्ला घुम्न पाउने थियौं। पहाड़बाट बाहिरै बसेपनि मैले जातिप्रति गद्दारी गरेको छुइँन। जुन प्रकारले झूटो मुद्दाहरू लगाएर, धड-पकड़ गरेर गोर्खाल्याण्डप्रेमी जनतालाई डराउने कार्य गरिरहेका छन् यसको विरोधमा विश्वभरिकै गोर्खाहरू एक भएर जवाब दिनुपर्छ। गोर्खाल्याण्डको निम्ति एक भएर गद्दारहरूलाई जवाब दिनुपर्छ।’

राज्य सरकारले त्रिपक्षीय वार्ता विनय तामाङहरुसित बस्ने जुन बयानबाजी गरिरहेका छन् त्यो बैठक गोर्खाल्याण्डको लागि नऊएर जीटीएकै रिभ्यू मिटिङ मात्रै रहेको पनि गिरीले बताएका छन्। जीटीएको कानूनमा नै जीटीएमा विभागहरू हस्तान्तरण गरियो गरिएन भन्ने साथै जीटीएका अन्य विषयहरूमाथि चर्चा गर्नुको निम्ति त्रिपक्षीय वार्ता गरिनुसक्ने प्रावधान रहेको भन्दै उनले त्यही रिभ्यू मीटिङलाई गोर्खाल्याण्डको त्रिपक्षीय वार्ता भनेर झूटो हल्ला फैलाइने कार्य भइरहेको अनि यसबारे छानबिन गर्नुपर्ने पनि उनले बताएका छन्।

‘मुख्यमन्त्री ममता व्यानर्जीसितै मिलेर जीटीएमै बस्नु थियो भने उनीहरूले किन जीटीएको खेस्रा जलाए, 11 जना शहीद भइञ्जेल किन आन्दोलनको नाटक गरे। यदि गोर्खाल्याण्ड पाउनु हो भने जीटीएको सम्झौता रद्ध गरिएको हुनुपर्छ। यसैले समग्र जनताले जीटीए खारेज गरेर गोर्खाल्याण्डको मागलाई अघि बढाउनुपर्छ,’ गिरीले भनका छन्, ‘गोर्खाल्याण्डको मुद्दा अनि विमल गुरूङको अन्त भएको छैन। दुई चार नेताहरूले आफ्नो स्वार्थको निम्ति पार्टी त्याग गरेको भएतापनि पहाड़को गोर्खाल्याण्डप्रेमी जनता अझै पनि विमल गुरूङकै पक्षमा रहेको छ। यसैले पहाड़को जनता हरेश नखाई, धैर्य धारण गरेर गोर्खाल्याण्डको निम्ति एकजुठ भइदिने पनि म अपील गर्न चाहन्छु।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares