You are here

14 मा रिलिज हुने ‘आरम्भ’

मनोहर शर्मा /मिरिक
बालाली प्राेडक्सन मिरिककाे प्रस्तुति अनि कैलास राईकाे निर्देशनमा निर्मित नेपाली कथानक चलचित्र अारम्भकाे रिलिज अागमी १४ अक्टाेबरकाे दिन मिरिक सार्वजनिक भवनमा हुने भएको छ।

चियाबारीकाे कथा  समेटेर निर्माण गरिएको चलचित्रमा अधिकाशं स्थानीय कलाकारहरूलाई अवसर प्रदान गरिएकाे अनि चलचित्रकाे छायाङ्कन पनि मिरिक लगायत पहाडकाे अन्य क्षेत्रहरूमा भएकाे चलचित्रका निर्देशक कैलास राई, प्रवक्ता अम्बिका थापा अनि कलाकार कमला तामाङले अाज मिरिकमा पत्रकारहरूलाई बताए।

चलचित्र रिलिजकाेलागि हाल टाेलीले सक्रिय कार्य गरिरहेकाे उनीहरूले जानकारी गराँउदै चलचित्र हेरेर सबैलाई सुझाउ अनि मनत्वय राखी दिने अनुराेध गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares