You are here

विमलले भने-मार्न खोजेको प्रमाण देउ, नत्र मुद्दा लगाउँछुः विनयले भने- मसित प्रमाण छ, मुद्दा लगाउ

कालेबुङः विनय तामाङले आफूलाई विमल गुरूङले मार्न खोजेको आरोप लगाएपछि त्यसको जवाबमा विमल गुरूङले ‘10 दिनभित्र मार्न खोजेको प्रमाणित गर नत्र मानहानीको मुद्दा लगाउँछु’ भनेका छन्।

विनय तामाङले ‘विमल गुरूङले मलाई मार्न खोजेको प्रमाण मसित छ, तिहार अघि नै मुद्दा लगाउ’- भनेका छन्।

‘मैले विनय तामाङलाई कहिले मार्छु भनेको छु, त्यसको प्रमाण उनले देखाउनपर्छ। आगामी 10 दिनभित्र पनि उनले यसको प्रमाण देखाउन सक्तैनन् भने उनी विरूद्ध मानहानीको मुद्दा लगाउनेछु,’ विमल गुरूङले भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी नीतिमा अघि बढ्ने पार्टी हो र यस पार्टीले अगणतान्त्रिक कार्य कदापि गर्दैन। तर विनय तामाङले यस्तो आरोप कसरी लगाइरहेका छन्, यसको प्रमाण उनले पेश गर्नैपर्छ।’

विनय तामाङले विमल गुरूङलाई निक्कै संवेदनशील आरोप लगाएका छन्। विमल गोर्खाल्याण्डको आन्दोलन गर्ने अनि विनय जिटीएमा बस्ने भएपछि उनीहरू अहिले कट्टर दुश्मनजस्ता भएका छन्।

दिनोदिन उनीहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ। विनय जतिसक्दो विमललाई खराब देखाउन खोजिरहेका छन्। विमलले पनि विनयलाई जतिसक्दो खराब देखाउन नै खोजिरहेका छन्।

दुइबीच अहिले ‘हत्या गर्न खोजेको’-बारे आरोप प्रत्यारोप चलिरहेको छ।

‘विमल गुरूङले कहिले मलाई मार्नु भनेका छन्, त्यसको प्रमाण मसित छ। मसित मलाई मार्ने योजनाको स्टेटमेन्ट छ, प्रवीण सुब्बा र विमल गुरूङ बोलेको फोन ट्यापिङ छ,’ जवाबमा विनय तामाङले भनेका छन्, ‘तिहार अघि नै विमल गुरूङले 10/20 करोडको मानहानीको मुद्दा लगाउँदा हुन्छ।  हाइकोर्ट र जिल्लाकोर्ट गयो भने पक्राउ गरिहाल्छ, सुप्रिम कोर्टमा नै मुद्दा लगाउन्। तर प्रमाणित भयो भने के गर्छ? 10/20 वर्षको लागि विमल जेल जान्छन्? त्यो पनि विमल गुरूङले स्पष्ट गुरुन।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares