विनय-अनितसित हात मिलाउने नेता सामुएल गुरुङले दिए सनसनीपूर्ण वयानः विनय-अनितलाई जीटीएबाट राजीनामा दिने माग, भने, ‘विमल गरुङबाहेक अरूले पहाडमा शान्ति ल्याउन सक्दैन भनेर मुख्यमन्त्रीलाइ भन’

कालेबुङ:

विनय-अनितसित हात मलाउने गोजमुमो केन्द्रिय  समितिका साङ्गठनिक सचिव सामुएल गुरुङले विनय तामाङ अनि अनित थापालाई जीटीएबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। विमल गरुङको साथ छोडेर विनय-अनितको साथ लागेका सामुएल गुरुङले आज दार्जीलिङको घटनापछि विनय अनीतलाई जीटीएबाट राजीनामा पत्र अनि जीटीए प्रस्ताव प्रस्ताव खारेज गरेर मुख्यमन्त्रीलाई दिनुपर्ने माग गरेका छन्।

केही दिन अघिसम्म विनय-अनितको वकालत गर्दै कालेबुङको डेलोको बैठकमा समेत विनय-अनितसतै मञ्चमा उभिएर विमल विरूद्ध बोल्ने सामुएल गुरुङले आज फेसबुकमार्फत एउटा वयान जारी गर्दै विमल गुरुङले मात्र पहाडमा शान्ति ल्याउनसक्ने बताएका छन्।

‘जीटीए अब जनविरोधी व्यवस्था पुष्टि भयो’-विनय-अनितलाई अनुरोध गर्दै गुरुङले लेखेका छन्, ‘झट्टभन्दा झट्ट राजीनामा साथै जीटीए खारेजको प्रस्ताव मुख्यमन्त्रीलाई देउ।’

विनय-अनीतलाई भित्रबाटै सुझाउ दिएको भन्दै गुरुङले अझ लेखेका छन्, ‘विमल बाहेक अरूले पहाडमा शान्ति ल्याउन सक्दैन भनेर मुख्यमन्त्रीलाई भन। गोर्खाल्याण्ड निर्माणको पक्षमा वार्ताको पहल गरिहाल्ने सुझाउ झट्ट मुख्यमन्त्रीलाई देउ। विमल गुरुङ साथै आम जनताको माग गरिहाल।’

सामुएल गुरुङले विनय अनि अनितलाई विमल गुरुङलाई जनतासामु ल्याउने मार्ग र उपायहरू सुनिश्त गर्ने माग पनि गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment