राज्य सरकार शान्ति चाहन्छ भने विमल गुरूङलाई वार्तामा जाने वातावरण राज्य सरकारले नै बनाउनुपर्छ-सामुएल गुरूङ

कालेबुङः भर्खर वार्ताद्वारा जनाकांक्षा पुरा गर्ने विनय तामाङहरूको धारणाप्रति समर्थन जनाएका कालेबुङका मोर्चा नेता सामुएल गुरूङले आज तकभरमा भएको हिंसाप्रति आपत्ति जनाएका छन्।

पहाडमा शान्ति चाहने कुरा पनि गर्ने अनि आन्दोलनकारीहरूलाई धडपकड पनि गर्ने द्वीचरित्र  राज्य सरकारमा रहेको भन्दै उनले यसप्रकारका राज्य प्रशासनको पहलले पहाड अझ अशान्ति हुने बताएका छन्।

‘ममता व्यानर्जीको सरकार पहाडमा शान्ति चाहन्छ भने विमल गुरूङहरूलाई वार्तामा जाने वातावरण बनाउनुपर्छ,’ गुरूङले भने, ‘तर शान्त रहेको पहाड अशान्त गर्ने काम राज्य प्रशासनले नै गरिरहेको छ, यो राज्य सरकारको गणतान्त्रिक पहल भएन, यसले अझ समस्या निम्त्याउन सक्छ।’

 

विनय तामाङलाई सुझावः ममताअघि जीटीए भङ्ग गर्ने सल्लाह दिइयोस्

यता जिटीए प्रशासन चलाइरहेका विनय तामाङहरूले जिटीए बोर्डले जनताको आकांक्षा गोर्खाल्याण्ड रहेकोले यसको सामाधानको निम्ति वार्ताको प्रक्रिया थाल्ने र अहिलेलाई जिटीए भङ्ग गर्ने सुझाव राख्नुपर्ने पनि गुरूङले बताएका छन्।

‘विनय तामाङहरूलाई वार्ताद्वारा नै जनाकांक्षा पुरा गर्ने उनीहरूको धारणाप्रति मैले समर्थन गरेको हुँ’ गुरूङले भने, ‘जनाकांक्षा गोर्खाल्याण्ड हो, जिटीए बोर्डले यसको प्रस्ताव ल्याएर ममता व्यानर्जीलाई बुझाउनुपर्छ।’

उनले स्पष्ट भाषामा आफू जनाकांक्षाको कदर गर्ने र यसको निम्ति नै राजनीति गर्ने बताउँदै विनय तामाङहरूभित्र नै बसेर आफूले बोर्डलाई गोर्खाल्याण्डको प्रस्ताव ल्याउने दवाब दिने बताए।

‘विनय तामाङहरूले ममता व्यानर्जी भेट्दैछन्, यही भेटमा उनीहरूले जनाकांक्षा अथवा गोर्खाल्याण्डबारे व्यानर्जीसित कुरा गर्नुपर्छ,’ उनले थपे, ‘यही नै समयको माग हो।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment