गोलीकाण्डमाथि भर्त्सनाः राज्य प्रशासनले नै पहाडमा अशान्ति गर्दैछ-राजिव शर्मा

दिल्लीः ‘अहिले जनता शान्त छन्, उनीहरूले कुनै हिंसा गरेका छैनन्। त्यसो हो भने फेरि कसले पहाडमा अशान्ति शुरु गरिरहेको छ त?,’ गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका संस्थापक सदस्य राजिव शर्माले आज दार्जीलिङमा भड्किएको हिंसाको  विरोध गर्दै यसो भनेका छन्।

‘छुट्टै राज्य गोर्खाहरूको जनाकांक्षा हो, यसको सामाधान हुनैपर्छ,’ उनले भने, ‘भर्खर राज्य प्रशासनले नै उस्काएको हिंसाको सामना गर्नु परेको पहाड भर्खर मात्र स्वाभाविक बन्दै थियो। तर आज फेरि जनता आतङ्कित बनिरहेका छन्।’

उनले आफू कुनै पनि हिंसाको विरुद्धमा रहेको भन्दै दार्जीलिङमा शुऱु भएको गोलीकाण्डले साधारण जनतालाई आतङ्कित बनाइरहेको बताए।

‘आजको घटनाको म भर्त्सना जनाउँछु, जे भयो सही भएन, आन्दोलन दबाउन नेतृत्वलाई मार्न खोज्नु आफैमा अगणतान्त्रिक कुरा हो। छुट्टैराज्य भन्नेलाई गोली हान्नु र जिटीए भन्नेलाई सुरक्षा दिनु, न्यायसंगत पद्धति होइन ,’ उनले भने, ‘राज्य सरकारले कानूनलाई पनि दुरुपयोग गर्नु गणतन्त्रको सबैभन्दा ठूलो दुर्भाग्य हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares