गोरामुमोले जनायो दार्जीलिङ घटनाको भर्त्सनाः निरज जिम्बाले भने, ‘पुलिस एक्सन कम हुनुपर्छ, विनय-अनितलाई राज्यले होइन जनताले मान्यता दिनुपर्छ’

कालेबुङः

दार्जीलिङमा गोजमुमो अध्यक्ष विमल गुरुङविरूद्ध भइरहेको पुलिसी अभियानको घटनाविरूध गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) ले पनि भर्त्सना जनाएको छ। ‘आजको घटनाको हामी भर्त्सना जनाउँछौँ, यो निन्दनीय छ’-जिम्बाले भने।

गोरामुमो प्रवक्ता निरज जिम्बाले आज दार्जीलिङमा भएको गोलीकाण्डको घटनाबारे बोल्दै पुलिसी अभियानमा निर्दोष मानिसहरू पनि पिसिने भएका कारण गोरामुमोले उक्त घटनाको विरोध जनाउने बताए।

‘पहाडमा शान्ति फर्किएको थियो, पहाड शान्तिको प्रक्रियामा थियो, तर जुन प्रकारले फेरि यस्तो घटना हुँदैछ त्यसमा पुलिस एक्सन कम्ती हुनुपर्छ’-निरज जिम्बाले भने, ‘सबै स्टेकहोल्डरहरूलाई वार्ताको टेबलमा बोलाउनुपर्छ।’

गोरामुमो प्रवक्ता निरज जिम्बाले दार्जीलिङको घटनाबारे बोल्दै राज्य सरकारले पहाडको निम्ति स्थायी समाधान खोजी निकाल्नुपर्ने माग गरे।

‘गोरामुमो हिंसामा विश्वास राख्दैन। आजको जुन अप्रिय घटना छ, जसरी पुलिसले एक्सन गर्दैछ, त्यसमा केही भन्न सक्दैनौँ यो कानुनी कुरा हो।’

यद्यपि उनले पुलिसको कार्यवाही भने कम हुनुपर्ने माग गर्दै सरकारले पहाडको दीर्घकालीन राजनैतिक स्थायी समाधान निकाल्नपर्ने बताए।

‘सबै मेजर पोलिटिकल स्टेकहोल्डरहरूलाई बोलाएर वार्ताको माध्यमबाट स्थायी समाधानको निम्ति जानुपर्छ’-जिम्बाले भने, ‘वार्तामा छुट्टाइएर होइन सबैलाई बोलाउनुपर्छ।’

जिम्बाले विनय तामाङ अनि अनित थापासित जनताको म्यानडेड नरहेको दिशातर्फ सङ्केत गर्दै भने,  ‘विनय र अनित थापालाई सरकारले जब्बरजस्ती मोर्चाको म्याननेड दिएर हुँदैन, जनताले म्यानडेड दिनुपर्छ।’

जिम्बाका अनुसार वार्तामा कसलाई बोलाउँदा के हुन्छ भन्नेकुरा राज्य सरकारलाई पनि राम्ररी छाहा छ। गणतन्त्रमा वार्ता नभइ शान्ति आउन सक्दैन। यसैले राज्यले सबैलाई नै वार्तामा बोलाउनुपर्ने जिम्बाले बताए।

‘राज्य सरकारले नवान्नको पहिलो बैठकमा नै दिर्घमियादी राजनैतिक समाधान निकाल्ने बचन दिएको थियो’-जिम्बाले भने, ‘राज्यसित के छ समाधान त्यो निकाल्नुपर्छ।’

जीटीए-2 नेताहरूले खारिज गरिसकेकोले नेताहरू फेरि जीटीएमा जान नसुहाउने भएकाले गोरामुमो पनि पहाडको दिर्घमियादी समाधानकै मार्गमा रहेको बताए। जिम्बाले तर त्यो दिर्घमियादी समाधान के हुनसक्छ? भन्नेकुरा भने खुलाएनन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment