विमलको गुरुङको सम्बन्ध माओवादीसित छ- एडीजी अनुज शर्मा

कलकत्ता:

पश्चिम बङ्गाल पुलिसले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङको सम्बन्ध माओवादीसित रहेको दावी गरेको । पश्चिम बङ्गाल पुलिस एडीजी, ल एण्ड अर्डर-ले एक पत्रकार सम्मेलन डाकेर गोजमुमो अध्यक्ष विमल गरुङको सम्बन्ध माओवादी अनि उत्तरपूर्विय सङ्गठनहरूसित रहेको दावी गरे।

उनले भने, ‘हामीले विमल गुरुङलाई माओवादी अनि उत्तरपूर्विय सङ्गठनहरूसित गहिरो सम्बन्ध रहेको भेट्टाएका छौँ। पुलिसले विमल गुरुङ लुकेको गोप्य जानकारी पाएपछि छापा मारेको थियो। छापामारी अवधि एकजना एएसआईको मृत्यु भएको अनि 5 जना पुलिस अधिकारी घाइते बनेका छन्। हामी यो सहन सक्दैनौँ। हामी पहाडलाई शान्ति राख्न सम्पूर्ण सुरक्षा सुनिश्चित गर्नेछौँ।’

आज दार्जीलिङको तकभरमा विमल गुरुङ लुकेको आशङ्का गर्दै पुलिसले छापा मारेको थियो। यस छामामारीको विमलपन्थी समर्थक अनि पुलिसमाझ झडप भएको थियो। घटनामा एकजना पुलिस अधिकारीको मृत्यु एवं अन्य घाइते बनेपछि विमल गुरुङलाई फेरि माओवादी अनि उत्तरपूर्विय सङ्गठनहरूसित जोडेर हेर्ने काम भइरहेको छ। अघिबाटै विमल गुरुङविरूद्ध यूएपी(ए) मुद्दा लगाएर पुलिसले लुक आउट नोटिस जारी गरिसकेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Leave a Comment