नवाजुद्दीन सिद्दीकीले आफ्नो बायोग्राफीमा गरे खुलासा, ‘मैले उसलाई अङ्गालो हालेँ अनि सिधै बेडरूम……..’

नवाजुद्दीन सिद्दीकीले आफ्नो बायोग्राफीमा आफ्नो प्रेम सम्बन्धको मात्र खुलासा गरेका छैनन् तर उनले आफ्नो प्रेमीकाहरूसितको शरीरप्रतिको लगावको कुरा पनि निर्धक्कसित स्वीकार गरेका छन्।


सँधै बलिउडका कलाकारहरूले आफ्नो वायोग्राफीमा आफ्नो जीवनको सत्य कुरा भन्छन् अनि त्यो सत्य यस्तो हुन्छ कि एकपल्ट उजागर भएपछि सनसनी फैलिन्छ। यस्तै केही नवाजुद्दीन सिद्दीकीले पनि गरेर देखाएका छन्। नवाजुद्दीन सिद्दीकीले आफ्नो बायोग्राफीमा आफ्नो प्रेम सम्बन्धको मात्र खुलासा गरेका छैनन् तर उनले आफ्नो प्रेमीकाहरूसितको शरीरप्रतिको लगावको कुरा पनि निर्धक्कसित स्वीकार गरेका छन्।
उनले निर्धक्कसित मानेका गरेका छन्, उनको जुन केटीहरूसित प्रेम सम्बन्ध भयो, उनीहरूसित सिद्दीको चासो केवल उनीहरूको शरीरसितको मात्र थियो।
नवाजुद्दीन सिद्दीले यो खुलासा आफ्नो वायोग्राफी ‘एन अर्डिनेरी लाइफ’-मा गरेका छन्, जसको अङ्श http://www.mid-day.com/ वेबसाइट ले प्रकाशित गरेको छ। नवाजुद्दीन सिद्दीकी की बायोग्राफी पेन्गुइन-वाइकिङ मा प्रकाशित भएको छ।
नवाजुद्दीनले मुम्बईमा आफ्नो पहिलो प्रेमेदखि लिएर आफ्नो बिहेसम्मका किस्सा साझा गरेका छन्। सुनीता नाम भएकी एक्ट्रेससित मुम्बईमा भएको उनको भेट, त्यसपछि उनीसितको प्रेम अनि एकदिन उनले छोडेर गएका कुराहरू सिद्दीकीले उल्लेख गरेका छन्। सुनीताले छोडेपछि न्यूजर्सीका सुजैन उनको जीवनमा आइन् अनि फेरि ‘मिस् लवली’-को एकट्रेस निहारिका सिंह। उनले आफ्नो किताबमा लेखेका छन्।
“……..मिस् लवलीको सुटिङ भइरहेको थियो। हामीले डान्सको सुटिङ गरिरहेका थियौँ। त्यसैबेला मेरो को-स्टार निहारिका सिंहलाई केही भयो…त्यसपछि उनी मदेखि टाडा-टाडा बस्नथालिन्। म चिन्तित हुनथाले…उ धेरै प्रेन्डली थिइ अनि धेरै कुराहरू गर्थी। मैले धेरैपल्ट सोधेँ…फेरि मैले एकदिन उसलाई मटन खानको निम्ति घरमा बोलाएँ..जो मेरो स्पेसियालिटी थियो। उनी आउने भइन्। उनले केवल खाना मात्र खाइनन् तर खानाको स्वादको पनि मज्जाले प्रंशासा गरिन्।”
उसले धेरै उत्साहपूर्वक भनिन्, ‘तिमी मेरो घर आउ नवाज। म तिम्रो लागी मटन बनाउँछु।’ म पहिलोपल्ट निहारिकाको घर गएँ….जस्तो उसले घरको दैलो खोलिन् त्यस्तो घरभित्रको दृश्य देखियो…..म हेरेको हेरेकैँ भएँ…हजारौँ मौमबत्ति जलिरहेको थियो…..म ठहरिएँ कामुक मान्छे, मैले उसलाई आप्नो अङ्गालोमा लिएँ अनि सिधै बेडरूममा लगेँ। हामीले जमेर प्रेम गऱ्यौँ। यसरी म अनि निहारिकाबीच रिलेसनसिप सुरू भयो। यस्तो रिलेसनसिप जो कल्पनादेखि बाहिर थियो त्यो रिलेसनसिप डेढ वर्षसम्म चल्यो।
यसैबीच नवाजलाई सुजैनको इमेल आइरह्यो। जुन करा निहारिकाले थाहा पाइ। त्यो इमेलको जवाब निहारिकाले दिन थाली। त्यसपछि निहारिकाको कारण उसलाई सुजैनसितको जम्मै सम्बन्धहरू तोड्नपऱ्यो। ‘मलाई यदि यो सम्बन्धमा कसैको पर्वाह थियो भने त्यो केवल आफ्नो मात्र थियो’-नवाजुद्दीनले लेखेका छन्।
उनले अझ लेखेका छन्, “…अरू केटीहरू सरह निहारिका पनि मैले मिठो-मिठो कुरा गरुन भन्ने चाहन्थी। जस्तो प्रेमीहरूले सँधै गर्छन्। तर म स्वार्थी थिएँ। उसको घर जानुको एउटै उद्देश्य थियो, त्यो हो निहारिका। म केवल आफ्नो लागी त्यहाँ जान्थेँ..फेरि म एकदिन उसको घर गएँ। उसले सिल्क रोब लगाएकी थिइन्। मैले उसको छेउमा हात हालेँ। उसली भनी, ‘हैन नवाज! म तिमीसित अब फेरिफेरि भेट्दिन।’
म गिडगिडाउनु थालेँ। म रुन थालेँ। मैले माफी मागेँ। तर उ आफ्नो कुरामा अडिक रही…दुई महिनापछि फेरि एउटी केटी मेरो जीवनमा आइ। पछि गए उसैसित मेरो बिहे हुन्छ भन्नेकुरा मलाई थाहै थिएन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares