You are here

पुण्यतिथीः इन्दिराका अन्तिम दिन

आज इन्दिरा गान्धीको पुण्य तिथी हो। इन्दिरा गान्धीको मृत्यु कसरी भयो, त्यो क्षणबारे लेखिएका सामाग्री मिरमिरेनलाइनबाट यहाँ साभार गरेका छौँ-सम्पादक


भुवनेश्वर शहरसँग जोडिएको इन्दिरा गान्धीका अनेकौ यादहरू छन् जसमा धेरै यादहरू दुखद छन्। यसै शहरमा उनका बाबु जवाहरलाल नेहरू पहिलो पटक गम्भीर बिरामी भएका थिए जसका कारण मे १९६४ मा उनको मृत्यु भयो।

यसै शहरमा १९६७ मा चुनाव प्रचारको बेला इन्दिरा गान्धीमाथि ढुङ्गा प्रहार भयो जसबाट उनको नाकको हड्डी भाचियो।
इन्दिरा गान्धी सँधै आफ्ना सूचना सल्लाहकार एचबाई शारदा प्रसादले तयार पारेको डकुमेन्टका आधारमा भाषण गर्थिन् तर ३० अक्टोबर १९८४ को दिन दिउँसो इन्दिरा गान्धीले जुन चुनावी भाषण गरीन् , त्यो दिन उनले सूचना सल्लाहकारको आलेख पढिनन्।

इन्दिरा गान्धीले भनिन्, ‘म आज यहाँ छु , भोली शायद म यहाँ हुँदिन। मलाई चिन्ता छैन म रहुँ या नरहुँ। मेरो लामो जीवन रह्यो र मलाई यस कुरामा गर्व छ। मैले पूरा जीवन जनताको सेवामा बिताएको छु। म आफ्नो अन्तिम सास रहुञ्जेलसम्म यसै गर्ने छु। जब म मर्छु त्यस पछि मेरो रगतको एक एक थोपा भारतलाई बलियो बनाउन लाग्ने छ।’

कहिले काहीँ नियतिले शब्दमा ढल्किएर आउने दिनको सङ्केत दिन्छ। भाषण पछि जब उनी राजभवन फर्किन त्यस बेला राज्यपाल विश्वम्भरनाथ पाण्डेले भने, ‘तपाईले हिंस्रक मृत्युको कुरा गरेर मलाई हल्लाएर राख्नु भयो।’

इन्दिराले जवाब दिइन्, ‘म इमान्दार र तथ्यपरक कुरा गरfरहेकी थिएँ।’

रातभर सुत्न पाईनन्
त्यसै रात इन्दिरा गान्धी बुहारी सोनिया गान्धीसँग जब दिल्ली आइन्, निकै थाकेकी थिइन्। त्यस रात उनी कमै मात्र सुत्न पाइन्। बुहारी सोनिया गान्धीले बिहान ४ बजे जब आफ्नो दमको दवाई लिन उठेर बाथरूम गइन् त्यसबेला पनि इन्दिरा गान्धी जागै थिइन्-
सोनिया गान्धी आफ्नो किताब ‘राजीव’ मा लेखेकी छन्।

त्यस बेला इन्दिरा पनि सोनियाको पछि पछि बाथरूममा आएर दवाई खोज्न सहयोग गर्न थालिन्। इन्दिराले भनिन्, ‘जब तिम्रो स्वास्थ्य बिग्रिन्छ मलाई बोलाउनु म, उठिसकेको छु।’

हल्का नास्ता
पीटर उस्तीनोव इन्दिरा गान्धीको विषयमा डकुमेन्ट्री बनाइरहेका थिए। बिहान साँडे ७ बजेसम्म इन्दिरा गान्धी तयार भइसकेकी थिइन्। त्यस दिन उनले केसरी रङको सारी पहिरिएकी थिइन् जसको बोर्डर कालो थियो।

यस दिन उनको पहिलो एपोइन्टमेन्ट पीटर उस्तीनोवसँग थियो। पहिला उनले उडिसा दौडाहाको समयमा पनि शुट गरेका थिए।
दिउँसो उनले ब्रिटेनका पूर्व प्रधानमन्त्री जेम्स कैलेघन र मिजोरमका एक नेतासँगग भेट गर्नु पर्ने थियो। र साझ उनले ब्रिटिश राजकुमारी ऐनलाई भोज दिने तयारीमा पनि थिइन्।

त्यस दिन नास्तामा उनले दुईवटा टोष्ट, सीरियल्स , सुन्तलाका ताजा जुश र अण्डा लिइन्।
नास्ता पछि जब मेकअपम्यान उनको अनुहारमा पाउडर र ब्लसर लगाइरहेका थिए त्यसै बेला उनका चिकित्सक डाक्टर केपी माथुर त्यहाँ पुगे।

उनी दिनैपिच्छे गान्धीको स्वास्थ्य हेर्न त्यहाँ जान्थे। डाक्टरलाई उनले भित्र बोलाइन् र कुरा गर्न थालिन्। उनले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आवश्यकता भन्दा धेरै मेकअप र ८० वर्षको उमेरमा कालो कपाल भएकोमा जिस्कन पनि भ्याएकी थिइन्।

अचानक फायरीङ
बिहान ९ बजेर १० मिनटमा जब इन्दिरा गान्धी बाहिर आइन् तब अचानक हावा र धुलो उडेको थियो। उनलाई धुलोबाट बचाउन सिपाही नारायण सिंह कालो छाता बोकेर बगलमा गइरहेका थिए। उनको केही पछि थिए आरके धवन र उनको भन्दा पनि पछि थिए इन्दिरा गान्धीका निजी सेवक नाथु राम।

सबै भन्दा पछि थिए उनका निजी सुरक्षा अधिकारी इन्सपेक्टर राम दयाल। यस बीचमा एक कर्मचारी उस्तीनोवलाई चिया खुवाउन टि सेट लिएर जाँदै थिए। गान्धीले उस्तीनोवको लागि अर्को टि सेट लगाउन भनिन्। जब गान्धी एक अकबर रोड जोड्ने विकेट गेट पुगिन् त्यस बेला उनी धवनसँग कुरा गरिरहेकी थिइन्।

धवनले उनलाई बताइरहेका थिए, उनको निर्देशन अनुसार यमनको भ्रमणमा गएका राष्ट्रपति ज्ञानी जैल सिंहलाई सन्देश पठाइएको थियो कि सात बजेसम्म दिल्ली पालम हवाई अड्डामा ल्याण्ड गरियोस्, ताकि राष्ट्रपतिलाई रिसिभ गरेर ब्रिटेनकी राजकुमारी एलनको रात्रीभोज दिने कार्यक्रममा सहभागी हुन सकियोस्।
अचानक सुरक्षाकर्मी बेअन्त सिंहले आफ्नो रिवल्वर निकालेर इन्दिरा गान्धीमाथि फायर गर्न थाले। गोली इन्दिरा गान्धीको पेटमा लाग्यो। इन्दिराले अनुहार बचाउन दाहिने हात उठाएर छेकिन् तैपनि बेअन्तले निश्चित प्वइन्ट ब्लाक रेञ्जबाट थप दुई गोली हाने। जो कमर र शिरमा लाग्यो।

गोली चलाउ
गान्धीलाई गोली लागेको पछाडी काङ्ग्रेस नेता आरके धावन थिए। त्यहाँबाट पाँच फिट टाढा सतवन्त सिंह टमसन अटोमेटिक हतियार लिएर उभिएका थिए। इन्दिरा गान्धी गोली लागेर ढलेको हेर्दाहेर्दे उनी आफ्नो ठाउँबाट हल्लिन समेत सकेका थिएनन्।

त्यही बला बेअन्तले चिच्याएर भने, ‘गोली चलाउ’

सतवन्तले तुरून्तै आफनो हतियार निकालेर २५ राउण्ड गोली पुरै इन्दिरा गान्धीको शरीरमा प्रहार गरे। बेअन्त सिंहले पहिलो फायर गरेको २५ सेकेण्ड बितेको थियो त्यहाँ तैनाथ सुरक्षाबलबाट कुनै प्रतिक्रिया आएको थिएन।

त्यति बेलासम्म सतवन्त भागिसकेका थिए। त्यो बेला सबै भन्दा पछि हिँडिरहेका रामेश्वर दयालले अघि दौडन शुरू गरे। उनी इन्दिरा गान्धीको छेउमा पुग्ने वित्तिकै सतवन्तले चलाएको गोली तिघ्रा र खुट्टामा लाग्यो र उनको पनि मृत्यु भयो।
इन्दिरा गान्धीका सहायकले उनको क्षत विक्षत भएको शरीर देखे र आदेश दिए। अकबर रोडबाट एक पुलिस अफिसर दिनेश कुमार भट्ट ‘को चिच्याउँदैछ?’ भनेर बाहिर निस्किएका थिए।

एम्बुलेन्स पाइएन
गोली हान्ने बेन्त सिंह र सतवन्त सिंहले आफ्नो हतियार भुइँमा फ्याँकिसकेका थिए। बेअन्तले भने, ‘मैले जे गर्नु पर्ने थियो गरिसकेको छु। अब तिमीहरू जे गर्नु छ गर।’

तब नारायण सिंहले बेअन्तलाई भुइँमा थेच्चारे। अरू जवानहरू आएर सतवन्तलाई पनि घेरा हाले। हरेक दिन एम्बुलेन्स हुने त्यस ठाउँमा सो दिन एम्बुलेन्सको ड्राइभर भेटिएन। इन्दिराका राजनीतिक सल्लाहकार माखनलाल फोतेदारले चिच्याउँदै ‘कार निकाल’ भनिरहेका थिए।

इन्दिरा गान्धीलाई जमीनबाट आरके धवन र सुरक्षाकर्मी दिनेश भट्टले उठाएर सेतो राजदुत गाडीको पछाडी राखे। अगाडीको सिटमा धवन, पोतेदार र ड्राइभर बसे। जब गाडी चल्न लाग्यो सोनिया गान्धी खाली खुट्टा ड्रेसिङ गाउनमा ‘मम्मी, मम्मी’ भन्दै दौड्दै आइन्।

उनी इन्दिरा गान्धीलाई राखिएको ठाउँमा बसिन् र रगतले लतपतिएको इन्दिराको टाउको आफ्नो काधमा राखिन्। तीव्र गतिमा चलेको गाडी चार किलो मिटर टाढा निम्स तर्फ अघि बढेको थियो। त्यो बेलासम्म कोही केही बोलेनन्। सोनियाको गाउन इन्दिराको रगतले भिजेको थियो।

स्ट्रेचर गायव
कार नौ बजेर ३२ मिनेटमा दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स ) पुग्यो। त्यहाँ इन्दिराको ब्लड ग्रुप ओ आर नेगेटिभको पर्याप्त स्टक थियो। तर सफदरजङ्गबाट कसैले पनि एम्सलाई फोन गरेर इन्दिरा गान्धीलाई गम्भीर रूपको घाइते अवस्थामा ल्याइएको छ भनेर जानकारी दिएका थिएनन् ।

अस्पतालको एमरजेन्सी गेट खोल्न र गान्धीलाई कारबाट निकाल्न तीन मिनट लाग्यो। जतिखेर त्यहाँ एउटा स्ट्रेचर समेत थिएन। कुनै तरिकाले एउटा सामान्य स्ट्रेचर तयार पारियो। जब उनलाई कारबाट उतारियो, त्यहाँ रहेका चिकित्सकहरू गान्धीलाई यस्तो अवस्थामा देखेर डराए।

उनले तत्कालै फोन गरेर एम्सका वरिष्ठ कार्डियोलोजिष्टलाई यस बारेमा सुचना दिए। केही मिनेटमै त्यहाँ डाक्टर गुलेरिया, डाक्टर एमएम कपुर र डाक्टर यस बालाराम पुगे।
एलेक्ट्रोकाड्रियाग्राममा इन्दिराको मुटुले सामान्य रूपमा काम गरीरहेको देखिएको थियो तर नारीमा धड्कन थिएन। र आँखी भौका परेलाहरू छरिएका थिए, जसको सङ्केत थियो- उनको दिमागमा क्षति पुगेको छ।

एक चिकित्सकले मुखबाट एउटा स्वास नली घुसाए ता कि फोक्सोसम्म अक्सिजन पुगोस् र दिमाग जीवित राख्न सकियोस्। इन्दिराको शरीरमा ८० बोतल रगत चढाइएको थियो। जो उनको शरीरमा भएको रगत भन्दा पाँच गुणा बढी थियो।
अस्पताल वरपर धेरै सर्वसाधारण जम्मा भएर आक्रोस व्यक्त गरिरहेका थिए। डा. गुलेरिया भन्छन् –

‘मलाई त हेर्ने वित्तिकै लागेको थियो कि उनी यस दुनियाबाट गइसकेकी छन्। यस पछि हामीले यो कुरा पुष्टि गर्नका लागि इसिजी गऱ्यौँ। फेरी मैले त्यहाँ रहेका स्वास्थ्य मन्त्री शङ्करानन्दसँग सोधें, ‘अब के गर्ने? के हामी गान्धीलाई मृत घोषित गरौँ?’

मन्त्रीले भने, ‘हुन्न।’

त्यसपछि फेरि हामीले गान्धीलाई ८ औ तल्लाको अप्रेसन थिएटरमा लग्यौं। गोलीले उनको कलेजोको दाहिने भाग क्षत विक्षत बनाएको थियो। फोक्सोमा पनि क्षति पुऱ्याएको थियो। हड्डीमा पनि क्षति पुगेको थियो। तर उनको मुटु सही अवस्थामा थियो। तैपनि डाक्टरले उनको शरीरमा हर्ट एण्ड लङ्ग मेसिन जोड्यौ ताकि उनको रगत सफा होस्। यसो गर्दा उनको शरीरको तापक्रम ३७ डिग्रिबाट घटेर ३१ डिग्रिमा आएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares