You are here

   कुरा मुम्बईका/ ठुलो चित्तकी सानुमति गुरामा

कालेबुङको वैचारिक गोष्ठीको कार्यक्रम बसिबियाँलो-को 125 -औँ प्रकरण हामीले मुम्बईको मिरा रोडमा आयोजना गरेका थियौँ 2014 मा। हाम्रो सोच थियो बसिबियाँलो-लाई कालेबुङ-दार्जीलिङको परिधिदेखि केही बाहिर पनि पुऱ्याउनुपर्छ भन्ने अनि यसका लागि ताकमा थियौँ हामी। 100 -औँ प्रकरण बहुभाषी साहित्यिक गोष्ठीको रुपमा भव्यतापूर्वक अनि दुइ दिनव्यापी तरिकाले कालेबुङको रामकृष्ण रङ्गमञ्चमा आयोजना गरेका हुनाले 125 पनि त्यसभन्दा सानु त गर्नु हुँदैन भन्ने…

सक्दो सेयर गर्नुहोस्-
Read More

कुरा मुम्बईका/ वो सन्नी लिओनी नहीँ थी क्या?

10 नोभेम्बरमा दिउँसोको ड्युटी थियो। अराइभलको काउन्टरमा बसेर यात्रीहरू पर्खिरहेको थिएँ। मेरो ड्युटी परेको थियो दुधमुखे नानीसित हुने आमाहरूलाई इम्मिग्रेसन क्लियरेन्स दिने काउन्टरमा। यात्रीहरूको गर्दी (मराठीमा भिड़) नभएको कारण काउन्टरमा बसेर मुम्बई मिरर संवाद पत्र हेरिरहेको थिएँ। यतिकैमा दुइजना पति-पत्नी आफ्नी छोरीलाई लिएर काउन्टरमा देखा परे। यसो हेरेको नेपालीहरू रहेछन्। नेपाली नागरिकहरूलाई सड़क मार्ग र रेलमार्ग भएर भारत भित्रिन जति…

सक्दो सेयर गर्नुहोस्-
Read More

कुरा मुम्बईका/तेरी तो, भनेर…

किसिम-किसिमका घटनाहरूको साक्षी बन्न पाइन्छ मुम्बईमा ड्युटीको समय। घटनाहरू स्वतः विलीन भएर जान्छन् तर कतिवटा मनमा सदाकालका लागि रहेर बस्न खोज्छन्। अनुरोध फिल्ममा राजेश खन्ना अथवा किशोर कुमारले गाएको गीतजस्तो – ‘आते जाते खुबसुरत आवारा सडकों पे, कभी कभी इत्तेफाक से, कितने अनजान लोग मिल जाते हैं। उनमें से कुछ लोग भूल जाते हैं, कुछ याद रह जाते हैं….।’ यसरी…

सक्दो सेयर गर्नुहोस्-
Read More

कुरा मुम्बईका/ ठाणेको दोसा

  आज (5 नोभेम्बर) ड्युटी थिएन र आफु बसेको ठाउँ एन्टप हिलदेखि थाणे गएँ एक्लै। थाणेमा एडमिसन मेला लागेको विज्ञापन समाचारपत्रमा पढ़ेको थिएँ – मुम्बई मिररमा। कोठाबाट 1 बजी निस्केँ र गोटे गाड़ीमा 10 रु. मा चढ़ी सायन स्टेसन पुगेँ। सायनलाई मराठीहरू शिव भन्छन् स्टेसनको नाम। मराठीहरू पुराना नाम र अङ्ग्रेजी नामलाई मराठीकरण गर्नमा सिपालु छन्। भिक्टोरिया टर्मिनसलाई पनि क्षत्रपति…

सक्दो सेयर गर्नुहोस्-
Read More

कुरा मुम्बईका/ रेमोलाई मेरो सुझाउ

बर्सोवास्थित सागर साथीको डेराबाट एयरपोर्ट धाउने काम सुरु भयो। बिहानै उठेर परिवारकाहरूले थाहै नपाई आफु निस्कनुपर्ने हुन्थ्यो। नयाँ ठाउँ र बाटाघाटा पनि नयाँ परेकाले आफ्नो कामधन्दा बिहान 8 बजीदेखि सुरू हुने भए तापनि समयको अन्दाज नहुनाले शीघ्र नै डेरा छोड़्नुपर्थ्यो। पहिला सागरको घरबाट अटोमा रु. 30 तिरेर मेट्रो स्टेसनसम्म पुग्नुपर्ने अनि मेट्रोबाट अँधेरीसम्म 30 रु. तिरेरै आइपुग्नुपर्ने। अँधेरीबाट फेरि अर्को…

सक्दो सेयर गर्नुहोस्-
Read More