रोङ्गोमा पुलिसको धडपडक जारी: नानीहरूलाई पनि यातना दिइरहेको आरोप

 कालेबुङः जीटीएको 45 नम्बर समष्टि रोङ्गो-तोदे-जलढका क्षेत्रमा पनि पुलिसले धडपडक जारी राखेको छ। आन्दोलनअवधिका विभिन्न मामिलाहरूमा घडपडक गरिरहेको पुलिसले घर-घरमा गएर छापा मार्दै यातना दिने काम गरिहेको आरोप अघि आएको छ। आइतबार राती जलढका पुलिसको एक टोलीले रोङ्गो लाइन गाउँ निवासी तिलक गुरुङको घरमा छापा मारेर उनका परिवार साथै नानीहरूलाई समेत यातना दिने काम गरेको गुरुङले आरोप लगाएका छन्। तिलक गुरुङ गोजमुमोका श्रमिक सङ्गठन दार्जीलिङ तराई-डुवर्स प्लान्टेसन लेवर युनियनका दलगाउँ शाखा अध्यक्ष हुन्। उनका अनुसार आफ्नो अनुपस्थितिमा हिजो राती पुलिसले उनको घरमा छापा मारेको थियो। यसअवधि आफूलाई नभेट्दा आफ्ना दुई…

सक्दो सेयर गर्नुहोस्-
Read More

को हुन् गोर्खालीगका नयाँ अध्यक्ष ?

तीन वर्षको निम्ति पार्टीबाट निकालिए भारती तामङ र लक्ष्मण प्रधान कालेबुङः दार्जीलिङ पहाडको सबैभन्दा पुरानो राजनैतिक दल अखिल भारतीय गोर्खालीगलाई अब एसके प्रधानले नेतृत्व दिनेछन्। पश्चिम बङ्गाल सरकारसित मिलेर पार्टीविरोधी अनि जातिविरोधी कार्य गरेको अभियोगमा स्व. मदन तामङ पत्नी भारती तामाङलाई दलको अध्यक्ष अनि पार्टीबाट नै तीन वर्षको निम्ति निष्काषित गरिएपछि नयाँ अध्यक्षका रूपमा एसके प्रधानलाई चयन गरिएको हो। आइतबार दार्जीलिङमा गोर्खालीग पोलित ब्यूरोको बैठक बसेपछि भारती तामाङ अनि लक्ष्मण प्रधानलाई पार्टीबाट तीन वर्षको निम्ति निष्काषित गरिनका साथै पार्टीको नयाँ अध्यक्षका रूपमा एसके प्रधानलाई चयन गरिएको छ। को हुन् एसके…

सक्दो सेयर गर्नुहोस्-
Read More

एनबीएसटीटी कार्यालय आगजनी काण्डमा डम्बर प्रधान पक्राउ

 कालेबुङः कालेबुङ मोटरसट्याण्डमा अवस्थित उत्तर बङ्गाल राज्य परिवहन निगम(एनबीएसटीसी) को कार्यालय आगजनी काण्डमा कालेबुङ पुलिसले अम्बर बहादुर नेवार उर्फ डम्बर प्रधान(43) लाई पक्राउ गरेको छ। गत आन्दोलनअवधि एनबीएसटीसी कार्यालय जलाइएको अभियोगमा पुलिसले आइतबार राती लोवर बोङ्बस्ती गैरीगाउँबाट प्रधानलाई पक्राउ गरेको हो। आज प्रधानालई कालेबुङ न्यायलयमा पेश गरिनेछ। अर्कोतिर मन्सोङ पुलिस क्याम्प जलाएको आरोपमा मन्सोङका सुजित तामाङलाई पनि पक्राउ गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-
Read More