करेन्ट लागेर हातीको मृत्यु

नन्दु पौड्याल बाग्राकोटः स्थानीय ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्तीस्थित खेती इलाकामा एक जङ्गली दन्ते हातीको मृत्यु भएको छ। आज बिहानको लगभग 6 बजीतिर स्थानीय मानिसहरु जब खेत गए, तब मृत्त हाती देखे। हातीको मृत्यु खेतीक्षेत्र बार्न लगाइएको तारमा सर्वराह भइरहेको करेन्टकोकारण भएको बताइएको छ। उनीहरूले तारको बार हाती रोक्न लगाएका थिए। एमडी सहीद भन्छन्, ‘हामीले हाती आतङ्कबारे वनविभागलाई धेरैपल्ट जनायौँ, तर विभागले पत्तो नै नदिएकोले यस्तो भेको हो।’  उनी अनुसार विभागले चकलेट बम मात्र प्रदान गरेको थियो। ‘हामी पनि गरीब किसानहरु हौं, सलेनी खाने अन्न यसै खेतबाट उगाउने गर्छौ। भाको…

सक्दो सेयर गर्नुहोस्-
Read More

धानखेतमा जङ्गली हात्तीः धेरै घर नष्टः कृषकहरू सङ्कटमा

डुवर्सः नगरकट्टा ब्लकको आङराभाषा–१ अन्तर्गत केराबारी बस्तीमा पाक्न लागेको धानको पसल जङ्गली हातीले नष्ट गरेको छ। यसले गर्दा लगभग ३ सय भन्दा अधिक कृषक परिवार सङ्कटमा परेका छन्। वर्षभरि खाने अन्न नै हातीले नष्ट गरेपछि स्थानीय कृषकहरु ठूलो मारमा परेका छन्। लुकसान ग्राम पञ्चायत अन्तर्गत रहेको ग्रासमोड चिया कमानको ४ न. लाइनमा ३ वटा घर पनि हातीले भत्काइदिएको छ।  तालाबन्दी रहेको धरनीपुर चिया कमानका श्रमिक आवास क्षेत्रमा पनि हातीले ताम्डव मचाउँदै तीनवटा घर भत्काइदिएको छ। कतैको घर अनि कसैको फसल नष्ट भेको छ। यता धरनीपुर चिया बारीका पीडित परिवारहरूले त…

सक्दो सेयर गर्नुहोस्-
Read More

सडेको शव फेला

डुवर्सः गठिया चिया कमानको गेट लाईनबाट टाउको कीराले खाइसकेको सडिसकेको पुरुषको शव नगरकट्टा पुलिसले उद्धार गरेको छ। उद्धार गरेका शव गठिया चिया कमान गेट लाईन निवासी विनोद साबारको (२४) रहेको पुलिसले बताएको छ। शवलाई पोष्टमार्टमको निम्ति जलपाईगढी पठाइएको पनि थाना सूत्रले जनाएको छ। विहीबार कमानमा काम गर्न गएका श्रमिकहरुले कमानमा दुर्गन्ध आएको ठाउँमा हेर्दा एउटा मान्छेको शव देखे। घटनाको जानकारी पुलिसलाई दिइयो। घटना स्थलबाट पुलिसले शवलाई उद्धार गरेर थानामा ल्याएको थियो। थाना अधिकारीले जनाए अनुसार गेट लाईनका विनोद साबार गत २८ तारिकदेखि निखोज रहेको थिए अनि उनको दिमागी हालत पनि…

सक्दो सेयर गर्नुहोस्-
Read More