कालेबुङ र दार्जीलिङमा थपियो अतिरिक्त 2,000 पुलिस कर्मी

कलकत्ताः पश्चिम बङ्गालका एक शीर्ष पुलिस अधिकारीले बुधवार दार्जीलिङ अनि कालेबुङ जिल्लामा अतिरिक्त 2,000 पुलिसकर्मी तैनात गरिएको बताएका छन्। गृह मन्त्रालयले भनेको थियो, अर्द्धसैनिक बल राज्य पुलिसको ठाउँ लिन सक्दैन। अर्द्ध सैनिकबललाई आपातकालीन स्थितिमा मात्र तैनाथ गर्न सकिन्छ। गृहमन्त्रालयले यसो भनेपछि नै पुलिस अधिकारीले अतिरिक्त पुलिस बढाइएको बताएका हुन्। ‘गोर्खाल्याण्डको मागलाई लिएर तीन महिना अनिश्चितकालीन बन्द झेल्न परेको यी दुवै जिल्लामा राज्य पुलिसको  2,500 कर्मी पहिलेबाट नै तैनाथ छ,’ अधिकारीले भने, ‘त्यसैमा अतिरिक्त 2,000 कर्मी पछिबाट थपिएको हो।’    

सक्दो सेयर गर्नुहोस्-
Read More

ममताले केन्द्रिय बलको दुरुपयोग गरिन्- दिलिप घोष

कलकत्ताः पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषले बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले केन्द्रिय बलको दुरुपयोग गरेको आरोप लगाएका छन्। ‘ममताले पहाडका मानिसहरूलाई दबाउन केन्द्रिय बलको दुरुपयोग गरिरहेकी थिइन,’ घोषले भने, ‘केन्द्रिय बल लगाएर दार्जीलिङमा अत्याचार गर्छिन् ताकि कुनै घटना भयो भने केन्द्र दोषी बनोस्।’ उनले पहाड शान्त रहेकोले केन्द्रिय बल तैनाथ गर्नुको कुनै औचित्य नै नरहेको जनाएका छन्। ‘ममताले बिना कारण पहाडका सोझा मानिसहरूलाई धम्काइरहेकी छन्, उनीहरूको भावनासित खेलिरहेकी छन्,’  घोषले भने, ‘केन्द्रिय बल लगाएर पहाडमा मानिस मारिरहेकी छन्।’

सक्दो सेयर गर्नुहोस्-
Read More

विमल गुरूङलाई मार्ने कोशिश हुँदैछ, मलाई गुरूङको ज्यानको चिन्ता छः मन्त्री एसएस अहलुवालिया

नयाँ दिल्ली : केन्द्रीय मन्त्री एवं दार्जीलिङका भाजपा सासंद एसएस अहलुवालियाले मङ्गलबार पश्चिम बङ्गाल सरकारले दार्जीलिङको सङ्कट सामाधानको लागि चुनेको ‘मान्छे मार्ने’ विकल्प उसैलाई नोक्सानदेही रहेको बताएका छन्। ‘गोली, जेल र हिंसाबाट पर्वतीय क्षेत्रको समस्याका सामाधान हुँदैन,’ उनले भने।  पेयजल एवं स्वच्छता राज्य मन्त्री अहलुवालियालाई शङ्का छ, राज्य पुलिसले गोर्खा जनमुक्ति मोर्चाका नेता बिमल गुरुङलाई निशाना बनाउन सक्छ। ‘मलाई विमल गुरूङको ज्यानको चिन्ता छ,’ उनले दार्जीलिङमा पुलिसको कथित प्रताडनाबारे भने, ‘एक लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि मार्ने षडयन्त्र हुन्छ भने त्यसलाई सहन गरिने छैन।’ 13 अक्टोबरको दिन वर्न्सवेग चियाबारीमा बङ्गाल पुलिसले आफूहरू…

सक्दो सेयर गर्नुहोस्-
Read More