You are here

गुवाहाटीमा गठन भयो  देशभरिका गोर्खाहरूको  सांस्कृतिक छाता सङ्गठन

गुवाहाटी: गुवाहाटीमा ‘गोर्खा सांस्कृतिक परिसङ्घ, भारत  गठन गरिएको छ। ‘गोर्खाहरूको सांस्कृतिक संरक्षण’ मूल मन्त्र राखेर गठित परिसङ्घ गठन गर्न डाकिएको बैठकलाई पत्रकार, बुद्धिजीवी रोहित गौतमले अध्यक्षता गरेका थिए। शहिदहरूप्रति श्रद्धा चढाउँदै एक मिनट मौन धारणपछि  सभा आह्वायक मण्डलीबाट ओम प्रकाश बस्नेतले आफ्नो सम्बोधन राखे। ‘भारतमा बसो-बास गर्ने गोर्खाहरूको सांस्कृतिक जगेड़ा, उत्थान, संरक्षण, सम्बर्द्धन तथा समन्वयको लागि यो परिसङ्घ गठन गरिएको…

सक्दो सेयर गर्नुहोस्-
Read More

असममा दुर्गा मल्लको सालिग तोडफोड

असमः असमको ओदालगढी जिल्लाको खौराङ, अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) को शाखा कार्यालय अघि रहेको स्वाधिनता सङ्ग्रामी मेजर दुर्गा मल्लको सालिग हिजो राति तोडफोड गरिएको छ। घटनाबारे सरकारले संज्ञान लिँदै सेना र पुलिस बल तैनाथ गरेको बताइएको छ। छेउ छाउको गाउँहरूमा पुलिसले दुष्कर्मी विरूद्ध रौचिरा अभियान शुरु गरेको छ। गोर्खा विकास परिषद अन्तर्गत यो सालिग त्यहाँ 2015 मा राखिएको थियो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

मणिपुर राज्यमा पहिलोपल्ट हरिभक्त

मणिपुरः पहिलोपल्ट मणिपुरको काङ्लातोङ्बीमाकवि हरिभक्त कटुवालको ८२ औं जन्मजयन्ती पालन गरिएको छ। ‘पहिलोपल्ट कटुवाल जयन्ती मनाइएको हो,’ युवा कवि एवं कथाकार राहुल राई बोगिको भन्छन्, ‘यो भन्दा अघि हामीलाई यसरी जयन्ती पालन गर्नुपर्छ भन्ने हेक्का नै भएन।’ दिलीपकुमार कटुवालको निजिनिवासमा नै भए पनि मणिपुरका साहित्यकारहरूले कटुवाललाई सम्झना गरे। ‘काठमाडौँका समाचोलक, आख्यानकार महेश पौड्याल धेरैवर्षदेखि मणिपुरेली साहित्यकारसित सम्पर्कमा थिए। दुइवर्ष अघि…

सक्दो सेयर गर्नुहोस्-
Read More

मणिपुरका गोर्खाहरु उत्रिए सडकः दिल्लीमा गर्ने ऱ्याली र धर्ना

राहुल बोगिको मणिपुरः गोर्खाहरुको पहिचानको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्दै मणिपुरमा ऱ्याली निकाल्यो र धर्ना कार्यक्रम गऱ्यो। गोर्खा जनमुक्ति मोर्चा मणिपुर शाखाले मणिपुर राज्य भरिका लगभग 35 वटा गोर्खा समाजका सङ्घ संस्थाहरु लगायत अन्य गोर्खा नागरिकहरूलाई ऱ्यालीमा अंशग्रहण गराएको थियो। गोजोमुमो मणिपुर शाखाले निम्ताएको यस ऱ्यालीमा भारतीय गोर्खा परिसङ्घ मणिपुर राज्य शाखाका अध्यक्ष देवी प्रसाद शिवाकोटीले पथसभालाई सम्बोधन गर्दै भने, यो…

सक्दो सेयर गर्नुहोस्-
Read More

तेजपुरका सांसदले गरे ममता व्यानर्जीलाई खबरदारः भने, ‘गोर्खाहरूलाई हतियार उठाउन बाध्य नगर’

तेजपुरः तेजपुर असमका भाजपा संसाद आरपी शर्माले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीलाई खबरदार गरेका छन्। दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चालाई ममता व्यानर्जीले आतङ्कवादी सङ्गठनको संज्ञा दिएकी थिइन्। उनले आतङ्कवादी सङ्गठन मोर्चाको सम्बन्ध नर्थ इष्ट र विदेशसित रहेको पनि बताएकी थिइन्। ‘दार्जीलिङका गोर्खाहरूलाई हतियार उठाउन बाध्य नगर,’ सांसद शर्माले भनेका छन्, ‘गोर्खाहरूले गोर्खाल्याण्ड राज्य माग्नु जायज छ। आज नभए भोलि यो गठन…

सक्दो सेयर गर्नुहोस्-
Read More