बन्धन….

कालेबुङ अनि स्वतन्त्रता दिवसको बन्धन कम कसिलो छैन। कालेबुङमा मनाइने स्वतन्त्रता दिवसलाई देशमा नै दोस्रो बृहत् स्वतन्त्रता दिवस समारोहको रूपमा पनि दाबी गरिन्छ। यसपाली गोर्खाल्याण्ड आन्दोलनको कारण स्वतन्त्रता दिवस समारोह कालेबुङमा मनाइने हो वा होइन अझ पनि अस्पष्ट नै छ। यद्यपि आन्दोलन, आमरण अनसन साथै डाकिएको बन्दले 60 दिन पुगिसक्दा पनि कालेबुङ देशको झण्डा फहराउन तत्पर छ। देश अनि गोर्खाहरूबीचको बन्धन तिरङ्गा जत्तिकै चम्किलो रहेको कुरा वर्तमान स्थितिमा पनि देशको झण्डा फहराउने तयारीले स्पष्ट पारेको छ।

सक्दो सेयर गर्नुहोस्-
Read More