माटोको गीत

  दीपा राई     १ जब आँखा खोलेँ जे देखेँ – त्यो उज्यालो थियो पहिला मैले निलेको चीज हावा थियो अनि मेरो मुखबाट निस्केको आवाज रूवाइ थियो तबदेखि मेरो अचेतन मनले बुझ्दै आएको रहेछ अधिकारको भुइँक्लास र म जन्मेको माटोमै छाला र मासुजस्तै टाँसिएको रहेछ मेरो स्वाभिमान मेरो चिन्हारी मेरो आत्मा   त्यसैले यो नसामा बगिरहने रगतले भन्छ – मेरो आमा गोर्खाल्याण्ड मेरो प्राण गोर्खाल्याण्ड। २ ऐ अमानवताको बस्ती बसाल्न खोज्नेहरू थाहा छ? यो माटो गोर्खे शहिदको रगतले भिजेको छ र यसको धरातलमा तेरो छायाँ समेत वर्जित छ वर्जित…

सक्दो सेयर गर्नुहोस्-
Read More

अबीर खालिङका कविता

कविकथन वैचारिक प्रतिवद्धताको बाटो हिँडेर मेरा कविताहरू जन्मदैनन्, कविताको सिर्जन सन्दर्भमा म स्वतन्त्र बाँच्न चाहन्छु। कुनै विचार, घटना, दृश्य, पीड़ा, असन्तुष्टि, अव्यस्था, अन्याय, शोषण, जातीय शुषुप्ति, स्थानीय, राष्ट्रीय –अन्तरराष्ट्रीय मुद्दा जुनै विषयले पनि छोइएपछि र कविताले आकृति मागेपछि म कविता लेख्छु। लोककल्याणको मन्त्रसँगै कविता मेरो निम्ति आनन्दको विषय पनि हो। कविताको काँधमा जिम्मेवारि र उत्तरदायित्वको भारी बोकाएर कलादेखि परको विषय बनाउन म चाहान्न। वर्ग विशेषको निम्ति म कविता लेख्दिनँ। आम मानिसका जीवीतिले भोगेका विसङ्गति, पीड़ा, नैराश्य, सुख आनन्दलाई ईमान्दारीसाथ कलात्मक ढङ्गले प्रस्तुत गर्ने ध्येयमा म कविता लेखिरहेको छु। मेरो कविताको…

सक्दो सेयर गर्नुहोस्-
Read More

नदीशका कविता

  जीवनको वरिपरि घुम्ने कविता सरिता तिवारी कहिले शरदको पूर्णचन्द्रमा जस्तो शीतल, कहिले वर्षाको बाढीजस्तो आक्रामक। कहीँ पियानोको हलुका धुनमा झम्म भएजस्ता नरम, कतै जुलुसमा उठेका मुठ्ठी जस्ता कठोर। जीवनका नृशंसता र कोमलता समवेत सजीव उतार्ने कवि नदीश नेपाली कविताको पछिल्लो शृङ्खलाका प्रतिनिधि स्रष्टा हुन्। उनका कतिपय कविताले ध्यानस्थताको गहिरो बुद्ध भावमा पुऱ्याउँछन्, कतिले स्मृतिको घना कुहिरी मण्डलभित्र लगेर छोडिदिन्छन्। विचारमा ‘लेफ्ट’ सुनिने नदीश सामाजिक सरोकार र मिहीन अनुभूतिका दुबै किनारा छोएर कुलकुल बगिरहेका कविता– खोला हुन्। यो खोलाले नदी पछ्याउँदै समुन्द्र भेटेको हेर्न लालायित छु।

सक्दो सेयर गर्नुहोस्-
Read More