डुवर्समा देश

नयाँ पुस्ता रूद्र छेत्री, डुवर्स चियाको पातले थिचेको छ आक्रोस अथवा कैद छ हाँडीभित्र किताबहरूमा थुनिएका छन् शब्दहरू, क्यान्सर पीडित छन् हिँड्न सक्तैनन् कलेटी परेका ओठओठसम्म।   यी नै मौनताका छोरीहरू कहिले रातो, कहिले गुलाबी लिपस्टिकले बनाउँछिन् मुस्कानको नक्सा र फुस्रो गालामा ‘फियर एण्ड लभ्लि’ दलेर छिर्छिन् भुटानको गेटभित्र।   उनीहरूका राता ओठ जम्छ सिमेन्टको धुलोले कोमलकोमल शरिरमाथि चढ्छ ईँटा, सिमेन्टको बोरा र खेल्छ मस्त उमेरका गरिबीसित।   गाग्री र प्लास्टिकका भुल्टुङहरू लाइन लगाएर उनीहरू सेल्फी हान्छन् एण्ड्रोइड खेलाउने साथी हराउँछिन् केही दिनमा मजाक गर्छिन् उनीहरू चरणका बाख्राका पाठाहरू जब…

सक्दो सेयर गर्नुहोस्-
Read More

कृतिका दाहाल-का दुइ कविता

  उत्सर्ग उ गालामा आँसुको डोब यसरी सजाउँछे जसरी मानेको पातमा टल्किन्छ जलथोपा ललाटमा पसिना यसरी सजाउँछे मानौं हो त्यो बिहानीको शीतथोपा   थाहा छ? सङ्घर्ष र शृङ्गारको मिलन हुँदा के हुन्छ?   घनघोर झरीमा भाग्नअघि लुक्नअघि नाच्छ जसरी मुजुर र निस्कन्छ इन्द्रेणी हो त्यही पर्व हुन्छ जसको नाम हो- उत्सर्ग।   नारी म सियोको टुप्पोमा उभिरहेकी छु।   सम्पूर्ण पीडा आफैमा कैद गरेर नगली नढली नजली नछली नचली   जसरी चुहुन्छ निधारबाट पसिना सिधा जमिनमा उस्तै सिधासित परापूर्वदेखि मनमा लुकाइराखेको ममता जोगाउन प्रेम जोगाउन माया जोगाउन स्नेह जोगाउन मानवता…

सक्दो सेयर गर्नुहोस्-
Read More

परदेसीको वयान

ओम कुमार खवास ‘ओमर’ यो खप्परलाई एकपल्ट कन्तुर जस्तो फुटाएर हेर्नपाए हुन्थ्यो यो जिन्दगीलाई एकपल्ट जुत्ता जस्तो पालिस गरेर हिँड्नपाए हुन्थ्यो यो अभावै अभावको जिन्दगीलाई साँझ बिहान – रित्तो भाँडामाजस्तो चामल हाल्न पाए हुन्थ्यो।   म दुखेको छु, पाकेको घाउभन्दा धेरै म रोएको छु, मेलामा हराएको बच्चा भन्दा धेरै। म पाक्न पानीमा नै उसिन्न परेन समयको कराहीमा नै धेरै पाकिसकें मेरो लागि हरेक दिन सामान्य थिएन हरेक पल आफ्नो पनि थिएन।   जिन्दगीले हरेक दिन जे अह्रायो, त्यहीँ गरे जे माग्यो, त्यहीँ दिइरहेँ गरीबीको गोरेटो धेरै हिँडे, अभावका पुल धेरै…

सक्दो सेयर गर्नुहोस्-
Read More