You are here

निबन्धः भूपाल ग्यास त्रासदी-को 33 वर्ष

फेरि अर्को भोपाल नदोहोरियोस् राजा पुनियानी 3 डिसेम्बर, 1984। घाम लुकेको छ आजको बिहान। विषाक्त कालो धुँवाले ढाकिदिएको छ आकाश। डल्लै। त्यो दैत्याकार धुँवा फिँजिरहेको छ टाढो, अझ टाढो। निल्दै वरिपरिको आकाश पनि। निस्सासिएको छ समय। खुम्चिएको छ स्पेस। सडकहरू सडक देखिएका छैनन्। सडकहरू त छोपिएका छन् खापै-खाप खप्टिएका मान्छेहरू र जानवरहरूका काला-नीला लाशले। एकसाथ बाँचेका मान्छे र जानवरहरू मृत…

सक्दो सेयर गर्नुहोस्-
Read More

हस्तक्षेपः परिक्षणको बाटो

शैलीका छेत्री, दार्जीलिङ ज्ञानोदय र कविता साहित्यकारले आफ्नो समयलाई प्रतिनिधित्व गर्छ। लेखकले मानवजगतमा पसेर जुन बौद्धिकमन्थन गर्छ, त्यसपछि उसले जगतलाई नै आफ्नो समयको लागि ज्ञानानुशासनका फरक बाटो दिन्छ। तदयुगीन सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिस्थितिसित गुज्रिरहेको जीवनलाई हेर्न सिकाउँछ। नयाँ जगतदृष्टि समाजको अभिव्यक्तिमा हुन्छ। अभिव्यक्तिको स्रोत पनि समाज।  डी. बोनाल्डले पनि साहित्यलाई समाजको अभिव्यक्ति माने। किन भने समाजबाट उठेको अभिव्यक्ति…

सक्दो सेयर गर्नुहोस्-
Read More

कन्फेसनः इट्स वेरि हार्ड टु से गुड्बाइ

शैलीका छेत्री कस्मिक नृत्य र जीवन घोर अन्धकार। शून्यदेखि शून्यसम्मको विशालता। यस्तोमा विधातालाई बह्माण्डको रिक्त क्यान्भसमा जीवन भर्न कति गाह्रो थियो होला? केही क्षण त उनलाई आफ्नै सृष्टिबाट वाक्क-दिक्क पनि लाग्यो होला। अनि हरेक कथाको अन्तमा कथाकारले रचेको रोचक ट्विस्ट झैं गजबको रहस्यमय ट्विस्टको परिकल्पनामा उनले ब्रह्माण्डको शून्य आयतनमा विष्फोटको अनौठो प्रक्रियाद्वारा ‘जीवन’ भर्ने व्यापक चक्रको शुरूआत गरे होलान्। कल्पना…

सक्दो सेयर गर्नुहोस्-
Read More

डिस्कोर्सः के हो जाति?

गणेशलाल सुब्बा साधारणतः ‘जाति’ शब्दले एक विराट जनसमुदाय बोध गराउँछ। तर कस्तो जनसमुदाय? जनसमुदाय आकाशका तारामण्डल र समुद्रका अगणित बालुवाकण बराबर संसारमा पाइन्छन्; यदि प्रत्येक जनसमुदाय जाति हुँदो हो, संसारमा जाति पनि अगणित सङ्ख्यामा – आकाशमा तारामण्डल र समुद्रका बालुवा जति नै पाइने थिए। तर जातिको सङ्ख्या सिमित छ। जाति शब्द धेरै कुरो बुझाउन प्रयोग गरिन्छ। साधारणतः जाति शब्दको लोकप्रिय…

सक्दो सेयर गर्नुहोस्-
Read More

आख्यानमा दार्जीलिङे अर्ग्यानिकता

राजा पुनियानी   सिलसिलाको सुरुआत फेरि सल्किएको छ दार्जीलिङ। र, फेरि निभेको छ दार्जीलिङ। सन् १९८६ पछि एकपल्ट फेरि। सन् २००७ पछि एकपल्ट फेरि। माटोको दाबीमा। सन् १९०७ को ब्रिटिस पालोदेखि चर्किएको दार्जीलिङको सामाजिक भुइँ सन् ८६ मा पटपटी फुटेको हो। दार्जीलिङको उत्तप्त राजनीतिक भूगर्भले सन् ८६ मा आफ्नो उत्ताल रूप देखाएको सारा विश्वले देख्यो। त्यो थियो भारतीय सार्वभौमिक राज्यभित्र…

सक्दो सेयर गर्नुहोस्-
Read More