You are here

पर्फ्युमः प्रश्नहरूको ऐँठन

गुरुङ सुशान्त राजकुमार बानिया अनि दीपक सापकोटाको सम्पादनमा  इन्डिगो इन्क-ले प्रकाशित गरेको प्रेम कथाहरू सङ्ग्रह- ‘पर्फ्युम’-को भूमिका यहाँ राखेका छौँ- सम्पादक फेसबुकको भित्ता राताम्मे भएपछि थाहा हुने नै भो, सहरमा मौसमी प्रेमको चर्चा चुलियो। मौसमी व्यापारको मनसायले होला, समकालीन प्रेमकथाको सङ्ग्रह ‘पर्फ्युम’ निकाल्ने भएछ इन्डिगोले। भ्यालेन्टाइन्स दिवसको सङ्घारमै पर्फ्युम–पाण्डुलिपि मेरो हात परेको छ। पाण्डुलिपि झोलामा कोचेर स्वयम्भूको डाँडा उक्लिएको थिएँ,…

सक्दो सेयर गर्नुहोस्-
Read More

संवादका हत्यारा

मनोज बोगटी डा. बासीले भने-‘चोट नै नलागी दुख्नेहरूको संसार हो यो। दुख्नु त्यो संसारको सबैभन्दा ठूलो दुःख हो। दुःखसित लड्‌न बनिएको जीवनमा हामी सुखहरूको खोज गरिबस्छौं। सुख भनेको दुःखहरूको कॉंड़ाघारीमा नै पाइने कुरा हो। तपाईँको आँखा दुखेको कारण खोज्न मैले आँखाको इतिहास जान्नुपर्छ। त्यो इतिहास पनि तपाईँले भन्ने हो। कोहीबेला आफ्नै दुःख व्यक्त गर्न सकिँदैन। इतिहास भन्न सकिँदैन। हामी सुनेर…

सक्दो सेयर गर्नुहोस्-
Read More

अर्को लश्कर-का आयाम

शैलीका छेत्री, दार्जीलिङ ‘बिलिफ एण्ड नलेज’- नामक निबन्धमा हिगेल कान्टले भनेका छन्, ज्ञान अनि तर्कको विजययात्रा यस्ता युगको आस्था विरुद्धयात्रा सावित हुन्छ, जसबाट साहित्यले ‘आस्था’ अनि ‘विश्‍वास’-सित क्रियेटिव माइन्डलाई जोड्ने प्रयास गरिरहेको हुन्छ। तर, यही तर्क अनि व्यवस्थायीकरणको कोल्टे बाटो हिँड़ेर नै साहित्यले अनौंठो अर्कै लश्करको सृजना गर्छ। अर्थात ट्रेण्ड बाहिर लेखिने सृजनाको मीठो स्वतन्त्रता चाखेको हुन्छ। र यस्तै तार्किक…

सक्दो सेयर गर्नुहोस्-
Read More

नेपाली कवितामा दलित चेतना

ड. कविता लामा दलित साहित्यको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग ‘दलित साहित्य त्यो साहित्य हो जहाँ दलितहरूले भोगेका, सहेका दुःख, यातना, दासत्व, बदनामी, उपहास, तथा गरिबीको सौन्दर्यपरक चित्रण हुन्छ’ (मुखर्जी, 2010:30)। दलित जीवन अनि उनीहरूको समस्यामाथिको लेखनमा केन्दित रहेर साहित्यिक आन्दोलनद्वारा लेखिने साहित्यलाई पनि ‘दलित साहित्य’ भनिन्छ। दलित साहित्य अन्य परम्परावादी साहित्यभन्दा भिन्न हुन्छ कारण यसले समानता, स्वतन्त्रता…

सक्दो सेयर गर्नुहोस्-
Read More

कासाबेको मृत्युकथा

राजा पुनियानी मुखको बात सुन्छन् सबै, मनको दुःख कसले बुझ्छ र हल्लैहल्लाको बाजारमा मौनतालाई कसले चिन्छ र -निदा फाजली सन् १९९५-को कुरो। क्यामरुनको मामबिला प्रान्त। फील्डवर्कमा जुट्ने सिलसिलामा छन् भाषाविद ब्रुस कोन्नेल। कुनै विषयमा गवेषणारत ब्रुस हठात एक अपरिचित भाषा फेला पार्छन्। लुप्तमुखी भाषा ‘बोगोन’। यो भाषा बोल्न सक्ने एक मात्र बाँचेका अन्तिम व्यक्ति ‘कासाबे’। ब्रुसको उक्त व्यस्त दौड़ाहामा त्यो…

सक्दो सेयर गर्नुहोस्-
Read More