रवि रोदन-का तीन कविता

युद्धको बाँसुरी आँखाभरि रगतको पोखरी छ नपुसंक शिकारी तीखो हतियार बोकेर सुकरातहरूको छातीमा रगतले मृत्यु कोरिरहेछ।   बिहानै उज्यालो खसेपछि आमाहरू सुइटर बुन्दिनन् रोटी पनि बेल्दिनन् आमाहरू कात्रो बुन्छिन्।   बागीहरू आफ्नै झ्यालको फ्रेमबाट आफ्नै अनुहारको नक्सा खोजिरहेछन् र खोजिरहेछन् इतिहासको मूलसडकमा उनीहरूले खोजेको बाटो।   शहरका भित्ताभरि ठुलठुला प्वाँल छन् भित्ताहरू बारूद गनाउँछ रगतका बाछिटाहरूले बनिएका रातो पुतलीहरू मुक्ति चाहन्छन्। ♦   रगत सिरियाको सडक मुल बाटो/ गल्ली गाउँ र गलछेडीभरि तपाईँले जति रगतका टाटाहरू देख्नु भो नि? ती राता रगत कुनै समय फौलादी मुटु भएको मान्छेको नसानसामा उमलेर…

सक्दो सेयर गर्नुहोस्-
Read More

शरण मुस्कान-का तीन कविता

बर्खा धैर्यताको नाकेडोरी चुँड़ाएर खोलाले साँघु भत्काउने बेला हो-यो।   ओ इञ्जिनियर! यतिबेला तिमी अलि जोगिनु खोलालाई पटक्कै नजिस्काउनु तिमीले खिचिराखेको आगे चल-का बक्ररेखाहरू  नदेखाउनु कदम-थामका  कङ्क्रिट पर्खालहरू पनि त्यसलाई नदेखाउनु खोलालाई उन्मुक्तिको मात चढ्ने बेला हो यो पहाड़-पर्खालहरू सबै भत्काउँदै खोलाले आफ्नै बाटो हिँड़्ने बेला हो यो।   बर्खाको त्राण शरीरमा पसेपछि उन्मुक्तिको मात नशा- नशामा चढेपछि खोला बौलाउँछ र तिमीले सिकाएको गीत बिर्सिन्छ। तिम्रो गीत बिर्सिएको बेला खोलाले तिम्रो किताबभित्रको कानून बिर्सिन्छ तिम्रा हुकुमहरू बिर्सिन्छन् र आफ्नै लोकधून गुन्गुनाउँछ।   ओ इञ्जिनियर! खोलाले आफ्नै भाका हालेको बेला तिमीले…

सक्दो सेयर गर्नुहोस्-
Read More

मुक्तिको आशा

गीत ध्रुब चौहान मुक्तिको आशा बोकी बाँचेको धेरै भो आधा रोई आधा हाँसेको धेरै भो समयले नै अब बिद्रोह बोल्दै भन्दैछ परेलीमा मीठो सपना साँचेको धेरै भो माथि आकासतिर मेरा पखेटा चोर्नेहरु छन् यहाँ धरतीमा साँध-सिमाना कोर्नेहरु छन् भो अब धेरै भो चुडालिदिन्छु ती जम्मै बैरीहरुसित नाता गाँसेको धेरै भो मैले सास फेरिदिँदा अरुहरु बाँचेका रहेछन् मेरै घरभित्र पसी मलाई हेर्दै हाँसेका रहेछन् सहनुको पनि त सीमा हुँदो रहेछ यहाँ शीरमाथि मैला पाउ नाँचेको धेरै भो

सक्दो सेयर गर्नुहोस्-
Read More