You are here

काव्यसंवाद-मा पुकार पारदर्शी

संवाद मलाई आफ्नो कुरा भन्ने बैशाखी चाहिएको थियो… पुकार पारदर्शी कविताको अप्रेसन मलाई सुन्दैमा कानै रिङरिङ हुने शब्द हो सत्ता। जोसित मलाई बेहद घृणा छ। साला सत्ता। जहाँ पुगेपछि इश्वर जस्ता मान्छेहरू राक्षसमा रूपान्तर हुन्छन्। मेरो कविताले त्यही राक्षसीय प्रवृत्ति विरूद्ध वकालत गर्छ। प्रारम्भमा भावनाको उड़ानबाट प्रेड़ित भएर खुब लेखियो कविता। कविता के हो भन्ने बुझेपछि थाह भो, कविता लेख्न…

सक्दो सेयर गर्नुहोस्-
Read More

काव्यसंवाद-मा विपल घले

संवाद कविता जिउन सिकाउने एउटा कला हो विपल घले, रोङ्गो कविताको परिभाषा कविताको समूर्णता होइन। कवितालाई केही परिभाषाहरूमा बाँधेर राख्न सकिन्न। कविता बेग्लाबेग्लै समयमा (जमानामा ) बेग्लाबेग्लै किसिमले लेखिएका छन् / लेखिन्छन्। आआफ्ना ज्ञान,अध्ययन ,अनुभूति र मतानुसार कविताका परिभाषा पनि एकार्काका परिभाषासँग पृथक छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता कोमल वनिता भनेका छन्। त्यसैगरी नाटककार, कवि बालकृष्ण समले भावनाको बौद्धिक कोमलता…

सक्दो सेयर गर्नुहोस्-
Read More

काव्यसंवाद-मा नरबहादुर घिमिरे

संवाद कविको काम  ♦ नरबहादुर घिमिरे नाम्ची सरकारी महाविद्यालय। कविता भनेको भावनाको बौद्धिक कोमलता हो भनेर नाटककार समले ठ्याक्क भनिदिए। यसरी कवितालाई अनेक अनेक तरिकाले परिभाषित गरिएको छ। तर वास्तवमा कुनै पनि बिषयलाई परिभाषामा बाँधेर राख्न उचित होइन। समले आफ्नो दृष्टिकोणबाट ठिकै भने तर समग्रमा कविता भावनाको बौद्धिक कोमलता मात्रै होइन। साहित्य समाजको दर्पण हो भनेर कसैले फ्याट्ट भनिदिए। यसरी…

सक्दो सेयर गर्नुहोस्-
Read More

रवि रोदन-का तीन कविता

युद्धको बाँसुरी आँखाभरि रगतको पोखरी छ नपुसंक शिकारी तीखो हतियार बोकेर सुकरातहरूको छातीमा रगतले मृत्यु कोरिरहेछ।   बिहानै उज्यालो खसेपछि आमाहरू सुइटर बुन्दिनन् रोटी पनि बेल्दिनन् आमाहरू कात्रो बुन्छिन्।   बागीहरू आफ्नै झ्यालको फ्रेमबाट आफ्नै अनुहारको नक्सा खोजिरहेछन् र खोजिरहेछन् इतिहासको मूलसडकमा उनीहरूले खोजेको बाटो।   शहरका भित्ताभरि ठुलठुला प्वाँल छन् भित्ताहरू बारूद गनाउँछ रगतका बाछिटाहरूले बनिएका रातो पुतलीहरू मुक्ति…

सक्दो सेयर गर्नुहोस्-
Read More

शरण मुस्कान-का तीन कविता

बर्खा धैर्यताको नाकेडोरी चुँड़ाएर खोलाले साँघु भत्काउने बेला हो-यो।   ओ इञ्जिनियर! यतिबेला तिमी अलि जोगिनु खोलालाई पटक्कै नजिस्काउनु तिमीले खिचिराखेको आगे चल-का बक्ररेखाहरू  नदेखाउनु कदम-थामका  कङ्क्रिट पर्खालहरू पनि त्यसलाई नदेखाउनु खोलालाई उन्मुक्तिको मात चढ्ने बेला हो यो पहाड़-पर्खालहरू सबै भत्काउँदै खोलाले आफ्नै बाटो हिँड़्ने बेला हो यो।   बर्खाको त्राण शरीरमा पसेपछि उन्मुक्तिको मात नशा- नशामा चढेपछि खोला बौलाउँछ…

सक्दो सेयर गर्नुहोस्-
Read More