खरसाङमा सरकारी कार्यालयहरू खुल्ला

खरसाङ: पहाड बन्दले गर्दा ९१ दिनसम्म सरकारी कार्यालयहरू बन्द रहेपछि बिहिबार खरसाङमा सरकारी कार्यालयहरू खुल्ला रहेको देखियो। गत १२ सेप्टेम्बर सिलगढीको उत्तरकन्यामा भएको द्विपक्षीय वार्तामा मुख्यमन्त्री ममता ब्यनर्जीले १५ सेप्टेम्बरभित्रमा कर्मचारीहरू कार्यालय गए एक महिनाको वेतन दिने घोषणाले आज सरकारी कर्मचारीहरू कार्यालयतिर हस्ताक्षर गर्न आएको देखियो। बिहान १० र १०.३० बजेको समयमा कर्मचारीहरू कार्यालयतिर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी प्राप्त भएको छ। बिहान यहाँको सिँचाई विभाग, पीएचई, केईडी, कृषि कार्यालय, गिद्ध पहाडस्थित जीटीएको कार्यालय लगायत अन्य सरकारी कार्यालयहरू पनि खुल्ला रहेको बताइएको छ। कुनै कार्यालयतिर कर्मचारीहरू बिहान १० बजेदेखि बेलुकी…

सक्दो सेयर गर्नुहोस्-
Read More

खरसाङमा आज आधा बाटोसम्म मौन ऱ्यालीः शुक्रबारदेखि अनुमतिबिना ऱ्याली गर्न नपाउने

खरसाङ: गोर्खाल्याण्ड आन्दोलन र पहाड बन्दको ९२ औं दिनमा खरसाङमा बिहिबार पुलिस प्रशासनद्वारा ऱ्याली निकाल्न नदिने भनिएपनि सधैँ झैं मानिसहरू ऱ्याली गर्न भेला भएका थिए। यहाँको टुरिस्ट लजबाट ऱ्याली निकाल्न मानिसहरू भेला भइरहेको बेला पुलिस प्रशासनले अवरोध गर्ने चेष्टा गरेको थियो। तर मानिसहरू घरबाट गोर्खाल्याण्डको मागमा ऱ्यालीमा सहभागी बन्न आइसकेका  थिए। ऱ्यालीमा आउनेहरूलाई बाटोतिर पनि पुलिस प्रशासनले रोक्ने प्रयास गरे तर मानिसहरूले ‘हामी ९० दिनसम्म बन्दको मार भोगिरहेका छौं तर हामीले सठीक परिणाम पाएका छैनौं’ भन्दै ऱ्याली गर्न जाने नै भन्दा पुलिसद्वारा आजको लागि मात्रै ऱ्याली गर्ने अनुमति दिएको थियो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

बनियो राष्ट्रीय गोर्खाल्याण्ड समितिः अबको आन्दोलन बौद्धिक नेतृत्वले गर्नेछ-मुनिष तामाङ  

दिल्लीः आखिरमा करोडौं गोर्खाहरूले पर्खिएको समिति बनियो। 1 अगस्तको दिन गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले दिल्लीबाट घोषणा गरेको थियो, शीघ्र नै आन्दोलनलाई नेतृत्व दिने एउटा राष्ट्रिय समिति बनिने छ। ठीक एकमहिना 14 दिनपछि त्यो समिति अस्तित्वमा आयो। जीएमसीसीले दिल्लीका प्रो. मुनिष तामाङलाई राष्ट्रीय कमिटी बनाउन देशभरिका दिग्गजहरूसित समन्वय गर्ने जिम्मा दिएको थियो। त्यसैलाई निर्वाह गर्दै तामाङले दिल्लीमा देशभरिका विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू बैठकको निम्ति बोलाएका थिए। ‘लगभग दिनभरि नै उपस्थित बुद्धिजीवी, बौद्धिक र आफ्ना क्षेत्रमा दक्षता रहेका व्यक्तित्वहरूसित कमिटी बनाउने अनि आगामी रणनीति निर्माणबारे बहस भयो,’ बैठकपछि खबरम्यागजिनसित बोल्दै प्रो.मुनिष तामाङले…

सक्दो सेयर गर्नुहोस्-
Read More