भोटको लागि भाजपाको चलखेल : देशभरिका गोर्खाहरूलाई भाजपाले धोका दिएको छः अनित थापा

खरसाङः पहाड़ भ्रमणको क्रममा कालेबुङ आइपुगेका भाजपाका राज्य अध्यक्ष दिलिप घोषले पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा गोर्खाल्याण्ड राज्यले दार्जीलिङ पहाड़का 15 लाख गोर्खाहरूको मात्रै हित हुने तर देशमा लगभग 1 करोड़ 30 लाख गोर्खाहरूलाई कुनै फायदा नहुने बताउने बित्तिकै खरसाङबाट मोर्चा नेता अनित थापाले प्रतिक्रिया व्यक्त गरेका छन्। ‘भाजपा नेताको उक्त वक्तव्य गोर्खाहरूको निम्ति विश्वासघाती एवं हेयपूर्ण वक्तव्य़ रहेको छ। दिलीप घोषको उक्त वक्तव्यको हामी घोर विरोध गर्छौं। साथै यस वक्तव्यको विषयमा सांसद एसएस आहलुवालियाले पनि स्पष्टीकरण दिनुपर्छ भन्ने हामी माग गर्दछौं,’ थापाले खबरम्यागजिनलाई भने, ‘किनभने पहाड़को यति विकट स्थिति…

सक्दो सेयर गर्नुहोस्-
Read More

पैह्रोले जोखिममा वनबस्ती

कर्मठः कर्मठ छेउको पैह्रोले स्थानीय वनबासीलाई आतङ्कित पारेको छ। कर्मठबासीले धेरैपल्ट उजुरी गर्दा पनि विभागले पैह्रोलाई लिएर असंवेदनशील बनेको बताएको छ। पैह्रोले बस्तीलाई जोखिममा पारेको उनीहरूले बताएका छन्। उनीहरू पैह्रोको रोकथामको निम्ति विभागीय पहल होस् भन्ने चाहन्छन्। कर्मठ वन बस्तीको फेदमा सेती खोलाको मुहान छ। त्यस मुहानबाट निस्कने पानीको कारण वर्ष बित्दै  जाँदा कर्मठ वन बस्तीका निम्ति आपत बन्दै जान्छ। माथि गाउँ तल सिमसार अनि फेदीको जमिन बगुवा रहेको छ। यही बगुवा भएको कारण नै कर्मठ वन बस्ती पैह्रोमा तानिँदैछ। धेरै वर्षदेखि तानिँदै गइरहेको पैह्रोले प्रतिवर्ष नै कर्मठलाई अस्तित्वकै सङ्‌कमा…

सक्दो सेयर गर्नुहोस्-
Read More

पहाडमा शान्ति होस् भन्ने ममता व्यानर्जी चाहँदिनन् :  दिलिप घोष

कालेबुङः दसहरा मिलन समारोह समिति अनि भाजपा कालेबुङ शाखाले संयुक्तरूपमा दसहरा मिलन समारोह सम्पन्न गऱ्यो। पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषलाई आयोजक समितिले मुख्य अतिथिकोरूपमा निम्तो गरेको थियो। मुख्य अतिथि घोषले स्थानीय आरएसएस कार्यकर्ता अनि भाजपा कार्यकर्तासित कार्यक्रममा निक्कै समय बिताए। उनी डम्बरचोकमा जन आन्दोलन पार्टीले गरेको विरोध प्रदर्शनीलाई सामना गर्दै कार्यक्रम स्थल पुगेका थिए। पत्रकारहरूसित बोल्दै उनले पहाडको विकास र शान्तिको पक्षमा भाजपा रहेको बताए। अर्कोतिर बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जी पहाडको विकास र शान्तिको पक्षमा नरहेको पनि बताए। ‘जीटीएमा गोर्खाल्याण्डको माग यथावत राख्ने कुरा छ, त्यसमा ममता व्यानर्जीको सहमति…

सक्दो सेयर गर्नुहोस्-
Read More