सडेको शव फेला

डुवर्सः गठिया चिया कमानको गेट लाईनबाट टाउको कीराले खाइसकेको सडिसकेको पुरुषको शव नगरकट्टा पुलिसले उद्धार गरेको छ। उद्धार गरेका शव गठिया चिया कमान गेट लाईन निवासी विनोद साबारको (२४) रहेको पुलिसले बताएको छ। शवलाई पोष्टमार्टमको निम्ति जलपाईगढी पठाइएको पनि थाना सूत्रले जनाएको छ। विहीबार कमानमा काम गर्न गएका श्रमिकहरुले कमानमा दुर्गन्ध आएको ठाउँमा हेर्दा एउटा मान्छेको शव देखे। घटनाको जानकारी पुलिसलाई दिइयो। घटना स्थलबाट पुलिसले शवलाई उद्धार गरेर थानामा ल्याएको थियो। थाना अधिकारीले जनाए अनुसार गेट लाईनका विनोद साबार गत २८ तारिकदेखि निखोज रहेको थिए अनि उनको दिमागी हालत पनि…

सक्दो सेयर गर्नुहोस्-
Read More

कसरी खाए दिलीप घोषले दार्जीलिङमा धुलाई?

दार्जीलङः भाजपा राज्य कमिटी अध्यक्ष दिलीप घोषले आज दार्जीलिङमा धुलाईनै भेटे। यस घट्नापछि उनी साथै अन्य भाजपा नेताहरु दार्जीलिङ सदर थानामा आश्रय लिएर ज्यान बँचाउन बाध्य बने। आज यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा भाजपा नेता दिलीप घोषले गोजमुमो नारी मोर्चा (विमल गुरूङ गुट) अनि शहीद परिवारहरुसित अन्तर्क्रियात्मक कार्यक्रम गर्ने चाँजो मिलाएका थिए, यसको लागि शहीद परिवारहरुका साथै विमल गुटका गोजमुमो अनि नारी मोर्चा सदस्यहरु उपस्थित भएका थिए। त्यसै समय दिलीप घोषको विरोध जनाउन हात-हातमा कालो झण्डा लिएर विनय तामाङ गुटका सदस्यहरू पनि गोदुनिस भवनभित्र प्रवेश गरेका थिए। यसैबीच, गोदुनिसको…

सक्दो सेयर गर्नुहोस्-
Read More

भाजपा नेता र विरोधीहरुमाझ 3 घण्टाको लुकीचोरीः के के भयो त आज?

दार्जीलङः भाजपा नेता दिलीप घोषले आज आफूलाई कालो झण्डा देखाएर विरोध जनाउनेहरुलाई घुमाउनसम्म घुमाए। लगभग 3 घण्टा चौरास्तादेखि भानुभवन, राजभवन, फेरि राजभवनदेखि चौरास्ता अनि गोर्खा दुःख निवारक सम्मेलन भवनसम्मनै घुमाइएपछि घोषले अन्ततः विरोधको कठोर सामना गर्नपऱ्यो। भाजपा राज्य कमिटी अध्यक्ष दिलीप घोषले आज विनय तामाङ गुटका गोजमुमो समर्थकहरूलाई विरोध गर्न कसरी घुमाए। यसको शुरूआत कसरी शुरू भयो, यसको विवरण यस्तो छ। भाजपा नेता दिलीप घोष दार्जीलिङ आइरहेको खबर सर्वत्र फैलिएको थियो। दिलीप घोष लप्चु-पेशोकतिर आइपुग्दा विनय तामाङपन्थी लगभग 100 गोजमुमो समर्थकहरु दिनेश गुरूङको नेतृत्वमा चौरास्ता आइपुगेका थिए, यी सबैले हात-हातमा…

सक्दो सेयर गर्नुहोस्-
Read More