फेरि आयो भोइजक्लिपः स्थापना दिवसको सन्देशमा के के भने त विमल गुरूङले?

विमल गुरूङको स्थापना दिवस सन्देश 11 औं स्थापनाको अवसरमा सबैलाई शुभकामना। म अहिले सबैसित जुझेर जनाकांक्षा पुरा गर्न लागि परिरहेको छु। मसित पिरमर्का छ, तर हरेस खाएको छुइन। मन रुन्छ, हृदय रुन्छ, देखाउन त सक्दिन, भन्न मात्र सक्छु। जनताले यतिञेज्लसम्म माया गर्नु भयो। सबैलाई दुःख छ, पुलिस आँगन आँगनमा होला, सबैलाई त्राहीत्राही छ, म बुझ्छु। दुइचारजना मिरजाफरहरूले धमिराले खाएकोजस्तो काम गरिरहेको छ। जनता तपाईँहरू 2011 देखि कस्तो हुरीबताससित त लड्नु भयो, यस्ता धमिराहरूसित पनि लड्नहुनेछ। 105 दिन मेरो निर्देश बिना नै अहिले बङ्गाल सरकारले राखेको केयरटेकर विनय तामाङले आफै कार्यक्रमहरू…

सक्दो सेयर गर्नुहोस्-
Read More

स्थापना दिवस पालनको श्रेयलाई लिएर विवादः आखिर कसले मनायो स्थापना दिवस?

कालेबुङः  गोर्खा जनमुक्ति मोर्चाको 11 औं स्थापना दिवस मोर्चाको कालेबुङ जिल्ला कार्यालयमा साधारण रूपमा पालन गरिए तापनि स्थापना दिवस पालन कार्यक्रम आयोजनाको श्रेयलाई लिएर विवाद शुरू भएको छ। कार्यक्रममा कालेबुङका गोजमुमो नेतृवर्ग लगायत कार्यकर्ताहरूको उपस्थिती रहेको अनि संयुक्त रूपमा एकै स्थानमा स्थापना दिवस पालन गरिएको भए तापनि एउटा खेमाले कार्यक्रम विनय तामाङका समर्थक पक्षले गरेको दाबी गरेको छ भने अर्को खेमाले कार्यक्रम मोर्चाको कालेबुङ जिल्ला कमिटीले आयोजना गरेको दाबी गरेको छ। पार्टीको केन्द्रिय समितीका महासचिव सामुएल गुरूङले गोर्खा जनमुक्ति मोर्चाका सम्पूर्ण क्याडरहरू मिलेर कार्यक्रम आयोजना गरिएको बताएका छन् भने उनले…

सक्दो सेयर गर्नुहोस्-
Read More

अभिप्रेरणा गुञ्जियोः जोगाई राख माया मेरो, धेरै दिन छैन…

दार्जीलिङः जोगाई राख माया मेरो, धेरै दिन छैन…तिहारको ठीकअघि आज सिंहमारीमा गुन्जियो यो गीत। जुन गीतले सबैलाई तिहारको आगमन भएको अनुभव गराएको छ। आज दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 28-मा अवस्थितमित्र मिलन संरक्षण समिति सार्वजनिक भवनमा अभिप्रेरणा नाम दिएर एक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा उपर्युक्त गीतका गायक ध्रुव पी. लामाले यो गीत गाएका थिए भने अन्य साङ्गीतिक अनि सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। आज सिंहमारीका सचेतवर्ग एवं वार्ड नम्बर 28-का नगरपार्षद लाक्पा शेर्पा, अशोक मोक्तान अनि रोशन दाहालको सक्रियतामा सिंहमारीका विशिष्ट व्यक्तिहरुलाई सम्मान जनाउने अनि वर्तमान युवा पिँढीलाई प्रेरणा…

सक्दो सेयर गर्नुहोस्-
Read More