You are here

जिएसएसएससित गोर्खाल्याण्डबारे हुने अन्तरक्रियाः गोर्खाल्याण्ड प्रेमीहरूलाई सहभागिताको अपिल

कालेबुङः कालेबुङ कृषक कल्याण सङ्गठनले 12 अक्टोबरको दिन मारवाड प्यालेसमा दिल्लीको जिएसएसएसका प्रतिनिधिहरू र जनताबीच गोर्खाल्याण्ड आन्दोलन र यसको निम्ति हुनुपर्ने आन्दोलनबारे अन्तरक्रिया गर्ने भएको छ। सङ्गठनका सचिव विष्णु छेत्रीले अहिलेको ताजा परिस्थितिमा दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पहल गरिरहेको जिएसएसएससित अन्तरक्रिया हुनु अनिवार्य रहेको बताए। ‘मानिसहरूमा एकप्रकारको शिथिलता छ, यसबीच छुट्टै राज्यको निम्ति आन्दोलित बन्ने उर्जा जिएसएसएसले प्रदान गरिरहेको…

सक्दो सेयर गर्नुहोस्-
Read More

राष्ट्रीय सङ्गोष्ठीमा कालेबुङ कृषक कल्याण सङ्गठनले दियो सहभागिताः उठायो पशुधन संरक्षणको प्रश्न

कालेबुङः कालेबुङ कृषक कल्याण सङ्गठनले अहमदावादमा भएको घरपालित पशु वृद्धि, पशुधन चिन्हितीकरण, पञ्जिकरण र संरक्षण विषयमा भएको सङ्गोष्टीमा सहभागिता दियो। सङ्गठनका सचिव विष्णु गुरूङले राष्ट्रिय पशु अनुवांशिक व्युरोले पशुधनलाई लिएर गरेको यो पहिलो सङ्गोष्ठीमा विभिन्न प्रश्नहरू उठेको बताए। सङ्गठनले 240 जना कृषकहरूलाई लिएर सिरी गाई पालनबारे प्रोत्साहित गरिरहेको छ। तर न त पहाडमा गाईचरण छ, न त गाईपालनबारे कुनै सरकारी…

सक्दो सेयर गर्नुहोस्-
Read More

दलगाउँले पनि गऱ्यो विनय तामाङलाई समर्थन

दलगाउँ: स्थानीय युवाहरूले दलगाउँ कम्युनिटी हलमा डम्बर खवासको अध्यक्षतामा बसेको बैठकमा दलगाउँबाट विनय तामाङलाई समर्थन गर्ने निर्णय लिएको छ। दलगाउँको आधारभूत विकासको लागि जिटीओ बोर्ड अफ एडमिनिष्ट्रेसनमाथि स्थानीय जनताको धेरै अपेक्षा रहेको भन्दै बैठकमा उपस्थित समूहलाई पाल्देन पाखरिनले विनय तामाङहरूलाई गर्ने समर्थनका कारणहरू खुलाए। कालेबुङ मोर्चा साङ्गाठानिक सचिवसित आफूहरूले भेटघाट गरेको अनि दलगाउँको विकासको निम्ति कुरा गरेको पनि उनले जानकारी…

सक्दो सेयर गर्नुहोस्-
Read More

कालेबुङ दखल गर्ने अभियान शुरुः आज अनित भोलि विनयः भीड भेट्यो कि गोर्खाल्याण्ड माग्नु हुँदैनः अनित

प्रज्ज्वल छेत्री कालेबुङः जिटीए जिटीए बोर्ड अफ एडमिनिष्ट्रेशनका चियरमेन विनय तामाङ कालेबुङ आउन एकदिन अघि नै कालेबुङको स्थिति बुझ्न  उपाध्यक्ष अनित थापा आज कालेबुङ आइपुगे। आफूहरूको पक्षमा जनता कति छन् भन्ने बुझ्न उनीहरू कालेबुङ आएका हुन्। वाहनहरूको लामो ताँतीसितै कालेबुङ भित्रिएका अनित थापालाई टिस्टामा स्वागत जनाइएको थियो। उनी डेलो टुरिस्ट लजमा बसेका छन् जहाँ उनलाई भेट्न जाने समर्थकहरूको सङख्या धेरै…

सक्दो सेयर गर्नुहोस्-
Read More

आपतकालिन विभागका कर्मचारीहरूले लगाए नगरपालिका अध्यक्षलाई गुहार, दिए पारिश्रामिक दिलाउने आश्वासन

कालेबुङ, 10अक्टोबर। कालेबुङ नगरपालिकाको आपतकालिन विभागमा कार्यरत कर्मचारीहरूले 104 दिनको बन्द अवधि कार्य गरेको भए तापनि अझसम्म पारिश्रामिक नपाएपछि आज नगरपालिका अध्यक्ष शुभप्रधानसित भेट गरेर गुहार लगाएका छन्। विशेष विभागका सफाई कर्मचारीहरूले आज नगरपालिका अध्यक्षसित चाँडै नै उक्त अवधि पनि आफूहरूले कार्य गरेको जनाउँदै यथाशीघ्र पारिश्रामिक दिइनुपर्ने माग गरेका छन्। “हामीले बन्द अवधि पनि शहरलाई सफा राख्न कार्य गरेका थियौं।…

सक्दो सेयर गर्नुहोस्-
Read More